काठमाडौ महानगर पालिकाले ठेलागाडा र फुटपाथ पसललाई प्रतिबन्ध लगाउने माग

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराजा दाहाललाइ ठेलागाडा र फुटपाथ पसललाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु पर्ने तथा निषेधाज्ञा थप गर्नु पर्ने माग सहित पत्र बुझाएका छन्।

आज भन्दा तीन महिना अघि नै उपत्यकामा निषेधाज्ञामा बन्द गरिएको ठेलागाडा र फुटपाथ पसलहरु भाद्र २४ को निषेधाज्ञा खुकुलो भए लगत्तै पुन: संचालन गरिएको हो।

उपमेयर खड्गीले फुटपाथ र ठेलागाडा व्यापारले समुदायमा कोरोना संक्रमणको जोखिम हुने कुरामा जोड दिनुभएको छ,यस्तो ब्यापारले स्वास्थ्यमा सुरक्षालाइ असर पुर्याउने सम्भावना र यसको लागि प्रभावकारी अनुगमनमा पनि समस्या आउने बताएका छन ,यदि यस्तो ब्यापारले कोरोना सक्रमण देखिएको खण्डमा प्रभावकारी ढंगले कनट्य़ाक्ट ट्रेसिंग सम्म पनि गर्न समस्या आउने बताएका छन


उपमेयर खड्गीका अनुसार ठेलागाडा र फुटपाथलाइ नियन्त्रण गर्ने महानगर पालिकाको नीति भएकोले यस्तो व्यापारलाई बन्द गर्नु पर्ने माग गरिएको हो।

Leave a Reply

Your email address will not be published.