पांच स्यानिटाइजर उद्योगलाइ कारवाई गर्ने तयारी

काठमाडौँ। मापदण्ड बिपरित स्यानिटाइजर उत्पादन गर्ने काठमाडौँका चार र भक्तपुरका एक गरि पांच उद्योगलाइ औषधि व्यवस्था विभागले कारवाई गरेको छ ।

मापदण्ड बिपरित विषाक्त मिथानोल राखी स्यानिटाइजर उत्पादन गरेकाले उक्त उद्योगलाइ क्षतिपुर्तिका साथै जरिवाना तथा बन्द गराउने तयारीमा लागेको विभागका सूचना अधिकारीले जानकारी गराएका छन्।

हाइजिङ सोप एन्ड केमिकलं उत्पादनका ’इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’,’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीं उत्पादनका ’एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टं उत्पादनका ’इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’तथा सूर्यमुखी हर्बल प्रोडक्टका ’सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’मा विषाक्त मिथानोल भएकोले कारवाइको तयारी गरेको हो ,उक्त स्यानिटाइजर प्रयोग नगर्न विभागले उपभोक्तालाई सूचना मार्फत अनुरोध गरेको छ।

परिक्षणको क्रममा भक्तपुरको कायाकल्प उद्योगको उत्पादन” इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा ” पनि विषाक्त मिथानोल प्रयोग भएको जानकारी गराएको छ,यो कम्पनीलाई तीन महिना अगाडिनै बन्द गराइसकेको छ।

विभागले पछिल्लो एक साता अघि नै उपत्यकाका विभिन्न दश अलग अलग ब्रान्डका स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशाला मा परिक्षण गरिएको हो। परीक्षणको क्रममा विभागले तोकेबमोजिम ’इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६’ विपरीत मिथानोल प्रयोग गरिएको पाएको छ।

विभागले तोकेको मापदण्डका स्यानिटाइजरमा इथानोल बाहेक अरु कुनै पनि रसायन प्रयोग गर्न पाइने छैन । क्षणिक नाफाका लागि उद्योगले मिथानोल राखी स्यानिटाइजर प्रयोग गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने विभागले बताए।

कारवाइमा परेका उद्योगले बजारमा ल्याइएका स्यानिटाइजर जफत गरि नष्ट गर्ने तयारीमा रहेको विभागले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published.