जीवन राम श्रेष्ठको संयोजकत्वले आज त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल, महाराजगन्ज को अनुगमन
काठमाडौँ।
कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले माननीय जीवन राम श्रेष्ठको संयोजकत्वले आज मिति २०७७।०५।२८ गते त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल, महाराजगन्ज को अनुगमन गरेको छ ।
उपसमितिका संयोजक माननीय जीवन राम श्रेस्ठ, मा. तिल बहादुर महत क्षेत्री,मा. अन्जना बिशन्खे, मा एकबाल मिया, मा. नमिता चौधरी , उपसमितिको सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ७ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो ।

उपसमितिले अनुगमनका लागि त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल, महाराजगन्ज पुगि त्यहाँका कार्यकारी निर्देशक लगायत कोभिड १९ इन्चार्ज तथा चिकित्सकहरु सङ्ग कोभिड उपचारमा भईरहेका कार्य तथा गुनासो एवम समस्या बारे जानकारी लिइ अस्पताल भित्र बाल रोग भवन, गणेशमान सिंह भवन र प्रसुती भवनमा संचालित कोभिड अस्पताल वार्डको अनुगमन तथा निरीक्षण गरेको हो ।

उक्त अस्पतालमा कोभिडको बिरामीको शल्यक्रिया, तथा अन्य जाँच र साथै नन- कोभिडका बिरामीलाई समेत सहजरुपमा उपचार गर्न नपाएको, स्वास्थयकर्मी तथा चिकित्सकहरु दिनरात खट्दासमेत जोखिम भत्ता नपाएकोले दुरुतसाहित भएका जस्ता समस्याहरु रहेको संसदीय समितिले निश्कर्ष निकालेको छ ।
कोभिडका सबै बिरामीलाई हाल निर्माणकि क्रममा अन्तिम चरनमा रहेको मनमोहन अस्पतालको भवनलाई कोभिड भवनको रुपमा तोक्न सके अन्य सबै सामान्य रोगको उपचार सुचारु गर्न सकिने बताएपछि संयोजक जीवन राम श्रेष्ठले उक्त भवनलाई यथासक्य चाडो ब्यवस्थापन गरि कोभिड संचालन गर्न र साथै यहाँका समस्याबारे सरकारसङ छिटै पहल गर्ने कुरा बताउनुभएको छ ।