माननीय जीवन राम श्रेष्ठको नेतृत्वको टोलिले वीर अस्पताल र पाटन अस्पताल अनुगमन

काठमाडौँ। कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिका संयोजक माननीय जीवन राम श्रेष्ठको नेतृत्वको टोलिले वीर अस्पताल , रत्नपार्क र पाटन अस्पताल , लगनखेलको अनुगमन गरेको छ ।

उपसमितिका संयोजक माननीय जीवन राम श्रेस्ठ, मा. तिल बहादुर महत क्षेत्री,मा. अन्जना बिशन्खे, मा. सरिता न्यौपाने ,मा एकबाल मिया, मा. नमिता चौधरी , उ पसमितिको सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी रबिन्द्र पोखरेल गरि जम्मा ८ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो ।

उपसमितिले अनुगमनका लागि वीर अस्पताल पुगि त्यहाँका उपकुलपति , कार्यकारी निर्देशक, नर्सिङ निर्देशक लगायत कोभिड १९ इन्चार्ज तथा चिकित्सकहरु सङ्ग कोभिड उपचारमा भईरहेका कार्य तथा गुनासो एवम समस्या बारे जानकारी लिइ अस्पताल भित्र संचालित कोभिड अस्पताल वार्डको अनुगमन तथा निरीक्षण गरेको हो ।

उक्त अस्पतालमा कोभिडको बिरामीको शल्यक्रिया, तथा अन्य जाँच र साथै नन- कोभिडका बिरामीलाई समेत सहजरुपमा उपचार गर्न नपाएको, स्वास्थयकर्मी तथा चिकित्सकहरु दिनरात खट्दासमेत जोखिम भत्ता नपाएकोले दुरुतसाहित भएका जस्ता समस्याहरु रहेको संसदीय समितिले निश्कर्ष निकालेको छ ।त्यस्तै दोश्रो अनुगमनका लागि ललितपुरमा रहेको पाटन अस्पताल अनुगमन गर्दा त्यहाँका कोभिड र ननकोभिड ब्यवस्थापन गरिराखेको निष्कर्ष समितिले निकालेको छ । साथै त्यहाँ हाल संचालन खर्च धान्न गार्हो भईरहेकोमा संयोजकले सरकारसङ आवस्यक पहल गर्ने कुरा बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.