आइसोलेसन बसिरहेकाहरूलाई सामाजिक बहिष्कार हैन मनोबल बढाउ

कोरोना (कोभिड-१९) पोजिटिभ भई लक्षण नदेखिएका घरमा आइसोलेसन बसिरहेकाहरूलाई सामाजिक बहिष्कार हैन सबैले हौसला प्रदान गरि मनोबल बढाउने उद्देश्यले सुस्वास्थ्यको शुभकामना र आयुर्वेदिक औषधि सहित आफ्नो निर्वाचन क्षेत्रमा कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिका संयोजक संघीय सांसद माननीय जीवन राम श्रेष्ठ, नागर्जुन नगरपालिका उपमेयर सुशिला अधिकारी, वडा सदस्यहरु तथा स्थानीय सहितको उपस्थितिमा भेटघाट गर्नुभएको छ । नागार्जुन नगरपालिकामा शिक्षा तथा स्वास्थ्य संसदीय समितिअन्तर्गत कोभिड–१९ प्रभावकारिता अध्ययन उपसमितिका संयोजक जीवनराम श्रेष्ठले काठमाडौंको नागार्जुन नगरपालिकाको बाफल क्षेत्रमा कोभिड– १९ संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गर्नु भएको छ।

ललितपुर जिल्लामा उत्पादित प्राकृतिक औषधि गुडुची चूर्ण र त्रिकटु चूर्ण नामक आयुर्वेदिक औषधि सांसद श्रेष्ठले होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई वितरण गर्नु भएको हो । नागर्जुन नपा वडा नं. ४का अध्यक्ष, वडा सदस्यलगायतको सहभागितामा उक्त औषधि सांसद श्रेष्ठकै पहलमा विरामीहरुलाई निःशुल्क उपलब्ध गराइएको हो । उक्त आयुर्वेदिक होम आइसोलेसनमा १४ दिनसम्म बसेर उपचार गराइरहेका बिरामीहरुका लागि थिए । त्यस क्रममा दर्जनभन्दा बढी संक्रमितको घर घरमा पुगेर सांसद श्रेष्ठले स्वास्थ्य अवस्था बुझ्दै छिटो निको हुन कामना गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.