साँस्कृतिक झलकले भरिपुर्ण नेपालभाषाकाे गीत “छुल रे मन जिगु”
साँस्कृतिक झलकले भरिपुर्ण नेपालभाषाकाे नयाँ गीत सार्वजनिक भएकाे छ । ईलोहं प्रकाशनकाे निर्माणमा रत्न शाेभा महर्जनकाे सुमधुर स्वरमा सजित नेपालभाषाकाे गीत ‘छु जुल रे मन जिगु’ काे म्यूजिक भिडियाे प्रिमियर भएकाे छ ।
ईलोहं प्रकाशनकै युट्यूब च्यानलमा प्रिमियर भएकाे गीतमा शब्द दर्शन वीर शाक्य र जिवित जल्मिकाे संगीत रहेकाे छ ।

कोरोनाकाे विषणकालमा पनि जाेखिमलाइ मध्य नजर गरेर यति मात्रामा मानिस जम्मा गरि म्यूजिक भिडियाे तयार पार्न चुनाैति नै रहेकाे गीतकार साथै प्रकाशनका व्यवस्थापक शाक्यले बताउनुभयाे । म्यूजिक भिडियाेमा ३७ जना कलाकारकाे सहभागिता रहेकाे छ भने नेवारी भेषभुषा र सँस्कृतिकाे झलक देख्न पाइन्छ ।
ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यकाे सभापतित्वमा सञ्चालित प्रिमियर कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर असंबरेले गीतकाे तारिफ गर्दै विश्लेक्षण गर्नुभयाे ।

नेपालभाषा म्यूजिक भिडियोमा एकछत्र राज गर्दै आइरहेका नायक रुपेन श्रेष्ठले आफुले अहिलेसम्म यस्ताे जमातमा म्यूजिक भिडियाे नगरेकाे र नयाँ अनुभव हासिल गरेकाे बताउनुभयाे । प्रमुख पात्रकाे रुपमा रहनुभएकी नव कलाकार रविना तुलाधरले याे आफ्नाे ड्रिम प्रोजेक्ट रहेकाे बताउनुभयाे ।
म्यूजिक भिडियो निर्देशक राजन शाहीले टिम वर्कका कारण सफल भएकाे बिचार राख्नुभयाे । छायाँकार तथा सम्पादक मनोजरत्न शाहीं आफुहरुले दिनरात नभनि मेहेनत गरेर छाेटाे समयमा नै भिडियाेलाइ मुर्तरुप दिएकाे बताउनुभयाे ।

सुष्मा महर्जनले चलाउनुभएकाे कार्यक्रममा ३७ कलाकार साथै सुटिंग स्थल संयोजन गर्नुभएका नविन थेच्वमिले चुनाैतीकाे आफ्नाे अनुभव सुनाउनुभयाे ।