कमलाक्षॆ युवा समूहले गरे रक्तदानको आयोजना

महामारीको समयमा कसैले रगतको अभावमा ज्यान गुमाउन नपरोस भनी काठमाडौंमा पछिल्लो समय रक्तदान कार्यक्रमलाई तीव्रता दिइएको छ ।संक्रमणको डरले मानिसहरु घरबाट कमै मात्र निस्किने र रक्तदाता घरमै रहँदा रगतको अभाव बढ्न सक्ने भन्दै विभिन्न संघसंस्थाहरुले रक्तदानलाई तीव्रता दिन थालेको हो ।

यसै क्रममा कमलाक्षि युवा समुहले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा कमलाक्षि युवा समुहले कमाठमाडौं बुराख्योमा रक्तदान कार्यक्रमको आयोजन गरेको हो ।

कार्यक्रममा १२ पुरुष तथा ५ जना महिला सहित १७ जनाले रक्तदान गरेको हो।

कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति, ब्लोदान मध्य क्षेत्रका पदाधिकारी, सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) केन्द्रिय सल्लाहकार राजेन्द्र कुमार श्रेष्ठको संयोजन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.