रहेनन् नेपालको पहिलो छायाकार बैकुण्ठ मास्के
कोरोना संक्रमणका कारण नेपालि पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ । कोरोनाका कारण उनको शुक्रबार ८३ वर्षको उमेरमा निधन भएको हो।
स्वर्गीय मास्के विगत ७ वर्षदेखि मृगौला सम्बन्धि रोगसँग लडिरहेका थिए । गत आइतबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा भर्ना गरिएको थियो । मास्केले लामो समयदेखि बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा मृगौलाको उपचार गराइरहेका थिए ।
२०२१ सालमा भारतको पुणास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’बाट छायांकन यात्रा थालनी गरेका थिए । उनि फिचर फिल्मखिच्ने पहिलो छायांकार थिए ।
स्वर्गीय मास्केले ‘मनको बाँध’, ‘पच्चीस बसन्त’लगायत २ दर्जन बढी चलचित्र खिचेका छन् ।
मास्केका श्रीमती र एक छोरीका छन् ।