आज बडा दशैको पहिलो दिन घटस्थापना
काठमाडौँ।आजदेखि नेपालीहरुको महान चाड बडा दशैँ शुरु , आज बडा दशैको पहिलो दिन घटस्थापना ,आज अधिराज्य भरिने जमरा (घटस्थापना ) गरिएको छ।
आजकै दिनकाठमाडौँको काठमाडौँको हनुमान ढोकास्थित दशैँ घरमा विधिपूर्वक जमरा राख्ने कार्य घटस्थापना गरिएको छ।
सार्दुलजंग गुल्मका गुल्मपति बिकास शाक्यको अगुवाइमा जमरा राख्ने कार्य सम्पन्न गरिएको हो।
जमरा राख्ने क्रममा गुरुजु पल्टनबाट मंगल धून बजाइएको हो भने घटस्थापनाको शुभ साइतमा ऐतिहासिक हातियारबाट बधाई गरिएको हो ।
फोटो: आकास बज्राचार्य