रानीपोखरी पुनः निर्माणमा काठमाडौँ महानगरपालिकाको प्रयास

रानीपोखरी पुनः निर्माणमा काठमाडौँ महानगरपालिकाको प्रयास ड्ड २०७४ साल पुस १३ गते प्रमुख शाक्यकै अध्यक्षतामा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका तत्कालिन महानिर्देशकलगायत अन्य सरोकारवालासहितको छलफल सम्पन्न भयो ।

ड्ड उक्त छलफलले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने निर्णय गर्र्यो ड्ड त्यहि बैठकले १५ दिन भित्रमा पुर्ननिर्माणका सम्वन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय कमिटी बनायो ।

ड्ड समितिको सदस्य सचिवमा काठमाडौँ महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मालाई राखियो । ड्ड समितिको सदस्यहरुमा संस्कृति विद प्राडा सुर्दशन तिवारी, वडाध्यक्षहरु चिनियामान बज्राचार्य, भाइराम खड्गी, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका (सम्पदा हेर्ने) महाशाखा प्रमुख राजुमान मानन्धरलगायत हुनुहुन्थ्यो ।

ड्ड सल्लाहकारमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधान, काठमाडौँ महानगरपालिकाका पुर्व मेयर केशव स्थापित र रञ्जु दर्शना रहनु भएको थियो । ड्ड उक्त समितिको बैठक २०७४ पुस १७ गते बसी रानीपोखरीलाई प्रतापमल्ल कालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनर्निमाण गर्ने सम्वन्धनमा कार्यविवरण तयार पार्नेलगायतका निर्णय गर्र्यो । ड्ड बैठकले विशेषज्ञ समितिका सदस्य सुर्दशन तिवारी र काशीनाथ तमोटबाट प्राप्त ऐतिहासिक तथ्यहरुलाई ग्रहण गर्यो । ड्ड त्यो बैठकले तत्कालिन रक्षामन्त्री प्रधान, पूर्व मेयर स्थापित र रञ्जु दर्शनासँग समितिले रानीपोखरी पुर्ननिर्माण सम्वन्धमा राय सल्लाह लिएको थियो

। बैठकले पुरातत्व विभागले गरेका उत्खन्ननबाट प्राप्त विवरणको सम्वन्धमा पनि समिक्षा गरेको थियो । ड्ड समितिको बैठक पुनः महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यकै उपस्थितिमा २०७४ पुस २० मा बस्यो । केही निर्णयपछि बैठक पुनः पुस २४ गते बस्यो । उक्त बैठकमा उत्खननको प्रतिवेदन पेस भएको थियो । सोही प्रतिवेदन र अन्य ऐतिहासिक तथ्यको आधारमा रानीपोखरीलाई प्रताप मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी जिर्णोद्घार गर्ने सम्वन्धमा मस्यौदा प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । ड्ड विभागले गुम्बज शैलीमै बालगोपालेश्वर मन्दिर पुनः निर्माण गर्नुपर्ने अडान राख्यो । तर, महानगरपालिका आफ्नो अडानमा कायमै रहयो ।

ड्ड समितिको २०७४ माघ २१ गते बसेको विषेशज्ञ समितिको बैठकबाट अध्ययन प्रतिवेदनको आधारमा रानीपोखरी जिर्णोद्घार गर्ने, ड्रोइङ, डिजाइन र स्पेसिफिकेशन बनाउन पुरातत्व विभागलाई अनुरोध गर्ने निर्णय । ड्ड २०७४ चैत २२ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यलगायतको उपस्थितिमा बसेको बैठकबाट रानीपोखरी (बालगोपालेश्वर मन्दिर समेत) पुःनर्मिाण गर्दा परम्परागत निर्माण सामाग्रीको प्रयोग गर्ने, हालसम्म प्रयोग गरिएका आधुनिक सामाग्री (कंक्रिट) पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले हटाई परम्परागत निर्माण सामग्रीद्वारा नै मौलिकता नविग्रिने गरी पुःननिर्माण गर्ने, रानीपोखरीको सौदर्यीकरण गर्न पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच समन्वय गर्नेलगायतको सहमति ।

ड्ड २०७५ साल बैशाख १३ गते पुनः काठमाडौँ महानगरपालिकाकै प्रमुखको अध्यक्षतामा बसेको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी जिर्णोद्घार सुरु गरी यथाशक्य छिटो सम्पन्न गर्ने निर्णय । ड्ड काठमाडौँ महानगरपालिकाको तीसौँ नगर कार्यपालिका बैठकबाट रानीपोखरी पुःननिर्माणका लागि अजय रत्न स्थापित अध्यक्ष र रोसनकाजी तुलाधर सचिव, होमप्रसाद खड्गी कोषाध्यक्ष, दिपकरत्न तुलाधर र दिपेन्द्र खड्गी सदस्य रहेको उपभोक्ता समिति गठन । ड्ड रानीपोखरी आसपासका तीन जना वडाध्यक्ष चिनियामान बज्राचार्य वडा–२७, भरतलाल श्रेष्ठ वडा–१ र भाइराम खड्गी –८ रहेको अनुगमन समिति गठन ।

Leave a Reply

Your email address will not be published.