आराध्यालक्ष्मीकाे इसारामा नाच्दैछन् रुपेन्द्र

पुरुषकाे कमजाेरी महिला भनिन्छ । पुरुषलाइ महिलाले ‌‌औंलामा नचाउन सक्छन् । नेपालभाषाकी नायिका आराध्यालक्ष्मी खड्गी आजकाल नेपालभाषाका नायकहरुलाइ इसारामै नचाउँदैछिन् । हरिवंश आचार्यलाइ नचाइसकेकी, नायिकाबाट निर्देशककाे भुमिका समेत निभाइरहेकी खड्गीले नेपालभाषाकाे नयाँ गीतका लागि नेपालभाषा म्यूजिक भिडियाेमा राज गरिरहेका कलाकार रुपेन्द्र श्रेष्ठलाइ नचाउँदै आफु पनि नाच्दै छिन् । मह जाेडीकाे पछिल्ला भाइरल गीतमा समेत खड्गीले आफ्नाे कला देखाएर ख्याति कमाइसकेकी छिन् । दर्जन जति म्युजिक भिडियाेलाइ आफ्नाे निर्देशन दिएकी आराध्या सर्ट मुभि कलाकारीतामा समेत सक्रिय रहेकी छिन ।

नेपालभाषा कभर गीतबाट ख्याति कमाएका गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरकाे राेमान्टिक गीतमा खड्गी र श्रेष्ठ जमाना ठिक नरहेकाे भन्दै आफ्नाे कला देखाउँदैछन् । म्यूजिक भिडियोकाे छायाँकन तथा सम्पादन सकिएकाे जमाना मभिं स्व बाेलकाे नेपालभाषा गीतकाे कभर फाेटाे प्रकाशन भएकाे छ । छिट्टै म्यूजिक भिडियाे रिलिज गर्ने निर्माण टिमले जानकारी दिएकाे छ ।

गायक तथा सञ्चारकर्मी सुरजबीर बज्राचार्यको शव्द, जुगल डंगोलको स‌ंगीत तथा स‌ंयाेजन रहेकाे यस गीतमा केही कमेडी दृश्य समेत रहेका निर्देशक साथै काेरियाेग्राफर र भिडियाे कन्सेप्ट गर्नुभएकी खड्गीले बताउनुभयाे । भिडियाेमा चिरीबाबु महर्जन, रमेश पौडेल, राजकुमारी श्रेष्ठ लगायतका कलाकारकाे कलाकारिता हेर्न पाइन्छ । नेपालका सुन्दर स्थानका दृश्य कैद गरी र‌ंगीन भिडियाे बनाउन माहिर सोहन मानन्धरले यसमा छायाँकन र सम्पादन गरेका हुन्। ड्रोन सिन भने शनि शाक्यले खिचेका हुन । राजेश मानन्धरको फोटोग्राफी र पूजा शाही तथा निरु महर्जनको श्रृंगार रहेकाे छ । गीतकाे प्राेमाे र गीत रिलिज छिटै हुने निर्माण पक्षले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.