लक्ष्मीकाे आराधना गर्ने तिहारमा पनि व्यस्त नेपालभाषाकी लक्ष्मी, आराध्या लक्ष्मी खड्गी
आराध्या लक्ष्मी खड्गी नेपालभाषा सिने जगतमा लाेकप्रिय कलाकारकाे रुपमा स्थापित मात्र भएकी छैनन् व्यस्त र सकृय पनि उतिकै हुनुहुन्छ । लकडाउनले सुस्त सिने जगतलाइ तताउन मह जाेडीकाे हित गीतकी नायिका यिनी गीत भाइरल भइसकेपछि निर्माताका लागि लक्ष्मी नै हुनुभएकाे छ । दशैं तिहारमा समेत विभिन्न गीतमा अभिनय गरेर ब्याक टु ब्याक म्यूजिक भिडियो निकाल्न सफल यिनी नायिका कलाकारिताकाे साथसाथै कोरियोग्राफि र निर्देशनमा समेत जम्नु भएकाे छ ।
नेपाल भाषाकाे म्यूजिक भिडियोका सुपरस्टार रुपेन्द्र श्रेष्ठसँगै जाेडीकाे रुपमा भरखरै यचुगु भ्वतय् म्ये च्वया बोलकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । साथै रुपेन्द्र सँगै जमाना मभिं स्व बाेलकाे गीतमा निर्देशक साथै काेरियाेग्राफर र कलाकारकाे रुपमा देखा पर्नु भएकाे थियाे । याे हिट जाेडिले अवार्ड जितेकाे दुइटा सर्टमुभिमा समेत साथै काम गरेका थिए ।
यिनै नेपालभाषाकी आजकालकी ब्यष्ट नायिका र निर्देशक आराध्या लक्ष्मीले आफ्नाे निर्देशन यात्रा र निर्देशित म्यूजिक भिडियो जमाना मभिं स्व का विषयमा खुलेर बताउनु भएकाे छ । जमाना मभिं स्व बाेलकाे गीतमा राबिन्सन कंसाकार र सुमन मानन्धरकाे आवाज साथै सुरज वीर बज्राचार्यकाे शब्द र जुगल डंगोलकाे संगीत रहेकाे छ । वरिष्ठ छाँयांकार तथा सम्पादक सोहन मानन्धरकाे उत्कृष्ठ काममा परिकल्पनाकार, कोरियाग्राफर तथा निर्देशक आराध्या लक्ष्मी खड्गीकाे अभुतपुर्व मेहेनत देख्न पाइन्छ ।

यसै परिकल्पनाका विषयमा उहाँकाे भनाइ यस प्रकार रहेकाे छ :
गीतका शब्द अनुसार नै कन्सेप्ट तयार भएकाे हाे । हरेक पाइलामा सचेत हुनुपर्ने सन्देश यस गीतले दिएकाे छ । एकजना केटाले आफुले मनपराएकी केटीलाइ जमाना ठिक नरहेकाे र होस पुर्याएर पाइला चाल्न सल्लाह दिँदै आफ्नाे मायाकाे समेत इजहार गरेकाे गीतका शब्दले झल्काउँछ । केटाकाे काेसिसले मख्ख केटी घरमा माग्न आए हुन्छ भन्दिन्छु भन्दै केटालाइ स्वीकृति दिने र अन्तमा दुइजनाकाे सुखद मिलन हुने दृष्य यस म्यूजिक भिडियाेमा हेर्न पाइन्छ । कमेडि, राेमान्स, साथै थ्रिललाइ एउटा कथामा बाँडेर म्यूजिक भिडियाेलाइ जिवन्त बनाउने काेसिसकाे रुपमै याे भिडियाेकाे परिकल्पना हुन गयाे । त्यहि अनुसार गीतकार सुरज दाइलाइ डाइलग लेख्न अनुराेध गरें । टिमले मन पराए अहिले दर्शकले मन पराउनु भयाे ।
म्यूजिक भिडियोमा डाइलग राखि म्यूजिक भिडियाे ट्रेन्डिंग भइरहेकाे छ । त्यसैले त्यस्तै बनाउनु भएकाे हाे ?
म्यूजिक भिडियोमा विविधता आउनै पर्छ । प्रयाेगहरु पनि गर्दै जानु पर्छ । नेपाली गीतमा डाइलगत राेखेरै बनाइएका छन् । त्यसकाे नक्कल गरेकाे हाेइन तर यसमा कथाले नै मागेकाे छ । सिधै केटिकाे पछि पछि जानु भन्दा कथावस्तु मिसाएरै गीतलाइ अघि बडाएकी छु । म आफैपनि टिकटक बनाइराख्ने मान्छे र टिकटक बनाउँदा असावधानीले दुर्घटना हुने विषयलाइ समेत यस म्यूजिक भिडियोमा देखाएकि छु। सबैकाे जिवनमा हिरो आएर बचाउन आउँदैन । सुनसान ठाउँमा एक्लै चुलबुल चुलबुल गर्नु हुँदैन । जमाना ठिक छैन ।

कलाकारसँगै निर्देशनकाे यात्रा कसरी थाल्नुभयाे ?
अञ्जु पन्टकाे नेपाली म्यूजिक भिडियाेबाट कलाकारिता क्षेत्रमा पाइला सारें । त्यसपछि नेपालभाषाका म्युजिक भिडियोहरु गर्न थालें । मेराे दाेस्राे म्युजिक भिडियो देखि नै मैले कोरियोग्राफि पनि गर्न थालेकी थिएँ । म्यूजिक भिडियाे बाहेक म डान्स टिचर पनि हुँ । नेपालभाषाकाे मेराे पहिलाे चलचित्र लिबाय् धुंकाकाे गीतमा मैले नै निर्देशन गरेकि हुँ । त्यसमा चलचित्रका निर्देशक साथै मेरा गुरु राजेशमान सिंहले धेरै हाैसला दिनुभयाे । हास्य कलाकार रवि डंगोल सँगकाे म्यूजिक भिडियोपनि मैले निर्देशन गर्ने अवसर पाएँ । हेर्दा हेर्दै अहिले दर्जन गीतमा निर्देशककाे भुमिका निभाइसकेकी छु । त्यसाे त निर्देशनमा पहिले देखि इन्टरेष्ट पनि थियाे ।
अब भविष्यमा के गर्ने विचार छ ?
अहिले लाइ म्यूजिक भिडियो, सर्ट मुभि र चलचित्रमै निरन्तरता दिन्छु । एक राम्राे निर्देशक, कोरियोग्राफर र कलाकारकाे रुपमा परिचित हुने इच्छा छ । भविष्यमा डान्स सेन्टर पनि खाेल्ने विचार छ । हेराैं के हुन्छ ।