• २०७२ सालको महाभूकम्प पछि भाइटीकाको दिन खोलियो बालगोपालेश्वरको मन्दिरको

    काठमाडौँ। रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि सर्वसाधारणको लागि खुल्ला राखिएको छ ।

    भाईटिकाको दिनमा मात्र खुल्ला रहने बालगोपालेश्वर मन्दिर हिजो लाग्दो तिथि अनुसारको भाईटिकामा खुल्ला रहेको थियो भने आज किजापूजाको दिन पनि सर्वसाधारणको लागि खुल्ला राखिएको छ ।

    २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको बालगोपालेश्वरको मन्दिरको पुनर्निर्माण सम्पन्न भई गत कार्तिक ५ गते मात्रै उद्घाटन भएको थियो ।

    भुकम्प पश्चात ५ वर्षपछि बालगोपालेश्वर मन्दिर सर्वसाधारणको लागि खुलेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु