सुर्योदयको तिथि अनुसार पर्व मनाउने परम्परा रहेका नेवा: हरुको आज भाईटिका

काठमाडौँ।  सुर्योदयको तिथि अनुसार पर्व मनाउने परम्परा रहेका नेवा:हरुले आज किजा पूजा( भाईटिका )गरेको छ।

जिवित देव श्री गणेशको पनि आज किजापूजा ( भाइटिका )

नेपालका विभिन्न स्थानहरुमा बस्ने नेपालीहरुले ज्योतिषको तिथि अनुसार हिजो नै किजापूजा (भाइटिका) गरि सकेको छ।

किजापूजा( भाईटिका ) गर्दा तेलको मण्डप बनाई दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाइदिने गर्दछन् ।

 दिदीबहिनीहरुले दाजुभाईलाई अण्डा सगुनको साथमा फल सगुन पनि दिने गर्दछन् । फल सगुनमा भोगटे, बिमिरोको साथमा विभिन्न फलफुल राख्ने गरिन्छ ।

पंचतत्वको शरीरमा सबै तत्व सन्तुलित रही कहिल्यै स्वास्थ्य समस्या नआओस् भन्ने कामनासहित पंचतत्वकै प्रतिकको रुपमा अण्डाको साथमा माछा, मासु, मासको वः (बारा) र मद्यसहितको अण्डा सगुन दिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.