नयाँ वर्षकाे नयाँ नेपालभाषाकाे गीत र नेपालभाषाकै लाेरी बालगीत तिहारमा बिमाेचित
नेपाल संवत ११४१ काे उपलक्षमा नेपालभाषाका लाेकप्रिय गायक पवित्र कसाःकाे आवाजमा छ जिमि हिरा रे बाेलकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । शैलेश शाक्य लगँबरेकाे लेखन, गाेविन्द ह्यूमतकाे संगीत र जिवित जल्मिकाे संगीत संयाेजनमा गाेपालकृष्ण महर्जनकाे निर्माण र रामकृष्ण खड्गीकाे निर्देशनमा म्यूजिक भिडियाे निर्माण भएकाे हाे । बालगीतहरुमा लाेरी गीत बनाएकाे गीतकार शाक्यले बताउनु भयाे ।
त्यस्तै नेपाल संवत ११४१ लागेकाे उपलक्ष्यमा भिंतुना म्ये पनि सार्वजनिक भएकाे छ । भाेगेन्द्र बज्राचार्य र लसता जाेशीकाे आवाजमा भिंतुना गीतकाे अडियाे सार्वजनिक भएकाे हाे । शैलेश लगँबरेकै रचना रहेकाे यस गीतमा गीतकार संघरत्न शाक्यकाे उतिकै हाैसला र सहयाेग रहेकाे गीतकार लगँबरेले बताउनुभयाे ।

भुतपुर्व रक्षा मन्त्री भिमसेनदास प्रधानले यस अडियाेलाइ सार्वजनिक गर्नुभएकाे थियाे भने छ जिमि हिरा रे म्यूजिक भिडियाे काठमाडाैं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले सार्वजनिक गर्नुभएकाे थियाे । भुपु मन्त्री प्रधान विशेष अतिथि र मेयर शाक्य मुख्य अतिथि रहेकाे कार्यक्रममा गीतकार साथै विभिन्न वक्ताहरुले गीतकाे मुल्यांकन गरेका थिए ।
नेपालभाषाकाे क्षेत्रमा मन छुने र लाेकप्रिय लाेरी गीत हुनेमा शंका नरहेकाे नेपालभाषाका लाेककवि राजभाइ जकमिले गीतकाे प्रशंसा गर्दै बताउनुभयाे । निर्देशक खड्गीले काेभिडकाे बिचमा हुलमुल नगरी व्यवस्थापन गरेर भएनि म्यूजिक भिडियाेलाइ सफल पारेकाे अनुभव सुनाउनु भयाे । नेपालभाषाका नायक किशाेर चिपालु, बुगिउगि टपर सृष्टि महर्जन, सँस्कृति अभियन्ता निरज वाडे आदिकाे भुमिका यस म्यूजिक भिडियाेमा हेर्न लायक रहेका छ ।