पूर्व वडा अध्यक्षलाइ पत्नी शोक
काठमाडौँ। काठमाडौँ महानगर पालिका २८ वडाका पूर्व अध्यक्ष सुभान
कुमार श्रेष्ठको धर्मपत्नी संगीता श्रेष्ठको आज असामयिक निधन भएकोछ।
श्रेष्ठलाई ब्रेन ह्याम्ब्रेजका कारण कलंकीस्थित नेसनल अस्पतालमा भर्ना गरिएको थियो।
श्रेष्ठकोस्वास्थ्यमा सुधार आएको कारण केहि दिन अघि मात्र घरमा नै उपचार भैरहेको क्रममा भाइटीकाको दिन स्वास्थ्यमा समस्या देखेपछि पुन: नेसनल अस्पतालमा भर्ना गरिएको श्रेष्ठको आज बिहान निधन भएको हो ।
दिवंगत श्रेष्ठको पार्थिव शरीरलाई आजै पशुपति आर्य घाटमा अन्तिम संस्कार गरिएको छ।
दिवंगत श्रेष्ठ नेपाल भाषाका कार्यकर्ताका साथै रेडक्रसका सदस्य पनि थियो।