राष्ट्रिय विभूति शंखधर साख्वा दिवस आज

काठमाडौँ। राष्ट्रिय विभूति शंखधर साख्वा दिवस आज लखु तिर्थमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ आयोजनामा भएको उक्त कार्यक्रम काठमाडौँ महानगर पालिका मेयर बिद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको हो।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा

प्रमुख शाक्यले सभालाई सम्बोधन गर्दै ऐतिहासिक स्थल लखुतीर्थ पार्कको निर्माण भैरहेको जानकारी दिनुका साथै राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मानमा तथा पद्म रत्न तुलाधरको सम्झनामा शंखधर उद्यानमा उहाहरूको शालिक प्रतिस्थपन गरिसकेको कुरा स्मरण गराउनु भयो ।

काठमाडौँ महानगर पालिका १५ वडाका अध्यक्ष तथा प्रबक्ता इश्वर मान डंगोल, लखुतीर्थ संरक्षण समितिका अध्यक्ष सुवर्ण डंगोल तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता भएको उक्त कार्यक्रममो अन्तमा शंखधरको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेको हो।

फोटो: दिनेश शाक्य

Leave a Reply

Your email address will not be published.