खेल तथा वातावरण का ११ समितीका सदस्यहरुलाई स्वागत
काठमाडौँ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ प्रमुख आतिथ्यतमा नेपाल ओलम्पिक कमिटीले आज एउटा कार्यक्रम गरि Sports & Environment का ११ समितीका सदस्यहरुलाई स्वागत गर्नू भएको छ। जसको अध्यक्ष श्री गोवर्धन श्रेष्ठज्युले गर्नु भएको हो ।
नेपाल ओलम्पक किमिटीका अध्यक्षले स्पोर्ट एण्ड ईन्भरमेण्ट कमिशनको काम बारे प्रष्ट्याउनु भएको छ जसमा खेलकूद कार्यक्रम संगै वातावरणीय संरक्षण र वृक्षारोपण कार्यक्रमलाई महत्वपूर्ण रुपमा अगाडी बढाउन आवहन गर्नु भयो त्यस अनुरुप कमिशनका अध्यक्षज्युबाट आगामी १५ दिन भित्र कमिशनका पदाधिकारीहरु बाट ब्अतष्यल उबिल सहितको अर्को बैठक बसी नयाँ कार्य गर्ने कुरा प्रतिवद्धता गर्नु भएको छ।
श्री गोवर्धन श्रेष्ठ अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरिक्ष रहनु भएको थियो , वहाँ खेलकूदप्रेमीका साथै टेबल टेनिसका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी समेत रहनु भएको थियो । माननीय जीवन राम श्रेष्ठज्युले कमिशनका पदाधिकारीहरुलाई बधाई साथै प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष÷कार्यकारी र्निदेशक श्री चतुरानन्द राज बैद्य तथा महासचिव श्री निलेन्द्र राज श्रेष्ठज्युको उपस्थिती रहेको थियो । त्यस कमिशनका पदाधिकारीहरु यस प्रकार रहेका छन् ः डा.सन्जय विक्रम श्रेष्ठ, सगुन राणा, डोल्मा लामा शाह, चन्देशस्वरनन्द राजबैद्य, शंकर गौतम, प्रदिप राजभण्डारी, धर्मामान बज्रचार्या, राजेन्द्र कपाली, प्रितेश श्रेष्ठ, पूर्ण शंकर श्रेष्ठ र गिता शाह रहनु भएको छ ।