आशा बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा आकस्मिक रक्तदान
काठमाडौँ।कोरोना भाइरसका संक्रमितहरुको संख्या बृदि भए लगतै रगतको पनि अभाब हुन थालेको कारणले गर्दा रगतको आपूर्ति गर्नको लागि आशा बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा आकस्मिक रक्तदानको कार्यक्रम आयोजना भएको छ।
उक्त रक्तदान कार्यक्रम हनुमानढोका मखन टोलमा भएको हो। कार्यक्रममा रक्तदाताहरुलाई आयोजकको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको हो।