प्रधान सेवकको स्मरणमा श्रद्धाञ्जली सभा
काठमाडौँ। लमो समय देखि अस्वस्थ रहनु भएका समाजसेवी तथा परोपकार शाखा यटखाका प्रधान सेवक रहनु भएका दिल्ली बहादुर कपालीको गत साता निधन भएको थियो।

स्वर्गिय कपालीले परोपकार यटखा शाखा खोल्न पुर्याएको योगदान तथा परोपकार क्लिनिकमा पुर्याएको योगदानको कदर गर्दै उहाको स्मरणमा र उहाको आत्माको चीरशान्तिको कामना गर्दै परोपकार क्लिनिक परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।
पूर्बउद्योग मन्त्री नविन्द्र राज जोशीले स्वर्गिय कपालीको तस्विरमा माल्यार्पण गर्दै उहाको देन र योगदानको स्मरण गर्नु साथै उहाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै सभालाई सम्बोधन गर्नु भयो।
सभामा उक्त सस्थाका उप – सेवक बालकृष्ण महर्जन , स्वर्गिय कपालीको सुपुत्र प्रदिप कपाली, २४ वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठ , २४ वडा तथा १९ वडाका सदस्यहरु लगायत अन्य संघ सस्थाका व्यक्तित्वहरुले स्वर्गिय कपालीलाई श्रद्धाञ्जली ब्यक्त गरेका छन्।