” जात्रापर्व संयमित भएर मनाउनु पर्छ ” वाङ्मयशताब्दी पुरुष सत्यमोहन जोशी
काठमाडौँ, मङ्सिर १४ गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कोरोना भाइरसको महामारीमा हामीले संस्वति, जात्रापर्व संयमित भएर मनाउनुपर्ने सन्देश दिनुभएको छ ।
यस्ता महामारीलाई हलुका रुपमा लिनु हुँदैन । जात्रा, चाडपर्व मनाउनै कर लागेमा विधि पूरा गरी छोट्याएर गर्न सकिन्छ । यसपालिको कात्तिक नाच दुई मात्र मञ्चन भयो । यसलाई राम्रो उदाहरणको रुपमा लिन सकिन्छ– उहाँले भन्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबु कोडिभ १९ सचेतना कमिटीले शनिबार विभिन्न क्षेत्रका विज्ञसँगको अन्तर्वार्ता फेसबुक लाइभ कार्यक्रमको २५ औँ भागको अवसरमा शताब्दी पुरुष सत्यमानेह जोशीसँग अन्तक्र्रिया गरेको हो ।
विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि नेवाः पत्रकार राष्ट्रिय दबूले प्रजित शाक्यको संयोजकत्वमा कोभिड १९ सचेतना कमिटी गठन गरेको हो । सो कमिटीमा रचना श्रेष्ठ, मिना वज्राचार्य, तेजनाराण महर्जन, अनूप प्रधान र हसना लवजू सदस्यको रुपमा रहनुभएको छ । शताब्दी पुरुष जोशीले कोभिड १९ महामारीमा अङ्ग्रजी भाषका दुईसहित पाँच वटा पुस्तक तयार पारेको जानकारी दिनुभयो । ‘ललितपुर महानगरपालिले मेरो शतवार्षिकी मनाउने २५००, १००० र १०० रुपियाँको सिक्का निस्कासन गर्यो ।
नगरपालिका मेरो नाममा दस रुपियाँको हुलाकी टिकट पनि निस्कासन गर्ने तयारीमा पनि रहेको छ । यसकै ऋण तिर्ने विचारमा मैले ललितपुरलाई विषय बनाएर पाँच पुस्तक तयार पारेको छु । ललितपुर महानगरले यी पुस्तकको विमोचन चाँडै गर्दैछ– उहाँले भन्नुभयो । संस्वृmतिविद् जोशीका अनुसार यी पुस्तकबाट ललितपुरको इतिहासबारे थुप्रै ज्ञान हािसल गर्न सकिनेछ । नेवारहरुले आप्mनो मातृभाषा छोड्दै गएकोमा पनि शताब्दी पुरुष जोशीले चिन्ता व्यक्त गर्नुभयो । नेपाल भाषामा निरन्तर कुरा हुनुपर्यो ।
सयमध्ये ३५ जना नेवार आप्mनो भाषा बोल्न जाँदैनन् । यो चिन्ताको विषय हो । आप्mना बच्चाहरुलाई कम्तीमा आधारभूत नेवारी भाषामा बोल्न सिकाउनुपर्यो । आप्mना चाडपर्व, जात्राबारे ज्ञान दिनुपर्यो । होइन भने हाम्रो नेपाल भाषा पनि संस्वृmत र पालि भाषाजस्तै मृत भाषा हुन बेर छैन– उहाँको भनाई छ । यसैगरी, तथ्याङविद्को परिचय पनि भएका जोशीले २०७८ सालमा हुने जनगणनामा नेवारहरुको यथार्थ विवरण निकाल्न आफै सचेत हुन पनि अनुरोध गर्नुभयो । सो कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले कोभिड १९ सचेतना कमिटीले २५ भागको कोशेढुङ्गा पूरा गरेकोमा बधाई दिनुहुँदै सो कार्यक्रमको निरन्तरको कामना पनि गर्नुभयो ।