नेपाल ओलम्पिक कमिटीअन्तर्गत वुमेन्स कमिसन बुधबार गठन
काठमाडौँ!नेपाल ओलम्पिक कमिटीअन्तर्गत वुमेन्स कमिसन बुधबार ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन भएको छ ।

कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिसन गठनको कार्यक्रममाअध्यक्ष माननीय जीवनराम श्रेष्ठले सफलताको कामना गर्नु भयो ।
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् ।
कार्यक्रमका अध्यक्ष राणाले कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताउनु भयो । उहाँले महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने काम पनि हुने बताउनु भयो । यस्तै कमिसनले छाउ प्रथाबारे पनि चेतनामूलक कार्यक्रम गर्नेछ ।