टीका सानु र विशाल समिरको ‘आउँछ याद’मा लोमस शर्मा र जानकी कुँवरको जोडी
टीका सानु र विशाल समिरको स्वरमा रहेको ‘आउँछ याद’ गीतको भिडियो सार्वजनिक भएको छ । जानकी कुँवरको शब्द रहेको यस गीतमा संगीत कृष्ण सुनार (अभागी)को रहेको छ । सार्वजनिक भिडियोमा जानकी कुँवर र लोमस शर्माको नृत्य देख्न सकिन्छ । शिव विकेले निर्देशन गरेको भिडियोलाई राम केसीले छायांकन गरेका छन् । माधव श्रेष्ठको करियोग्राफी रहेको भिडियोको सम्पादन भने पदम सुवेदले गरेका हुन् ।
