१७औ राष्ट्रिय ज्यापु दिवस बिबिध कार्यक्रमका साथ सम्पन्न

काठमाडौँ। कोभिड १९ का कारण १७औ राष्ट्रिय ज्यापु दिवस आज राष्ट्रिय सभागृहमा सिमित कार्यक्रमका बिच सम्पन्न।

ज्यापु सास्कृतिक विकास कोषद्वारा आयोजित १७ औ ज्यापु दिवस सास्कृतिक र्याली र झाकी बिना नै सम्पन्न भएको छ।
बिगतका बर्षहरुमा सास्कितिक र्याली तथा झाकीहरु सहित बृहत कार्यक्रमा हुने गरेकोमा यस बर्ष नेपाल सरकारले तोकिएको नियमलाई पालन गर्दै राष्ट्रिय सभागृहमा सिमित कार्यक्रमका बिच सम्पन्न भएको छ।
उपप्रधान मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यत्वमा भएको उक्त कार्यक्रममा ज्यापु सास्कृतिक धरोहर मदन विर महर्जन , ज्यापु सरस्वती पदक रबिना महर्जन , ज्यापु सास्कृतिक गुरु काजीलाल डंगोल ,ज्यापु रत्न रमेश महर्जनलाइ दोसल्ला तथा कदर पत्रले सम्मानित गरेको हो।
कार्यक्रममा बिशेष अतिथि शिक्षा तथा प्राबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ ,बिशेष अतिथि काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्य तथा बिशेष अतिथि काठमाडौँ महानगर पालिकाका उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्गी बाट शुभकामना मन्तब्य दिनु भएको हो।

Leave a Reply

Your email address will not be published.