तेज-तिर्थ ट्रस द्वारा सम्मान तथा पुरस्कार बितरण
काठमाडौँ। मेलमिलाप दिवसको अवसरमा पूर्व मन्त्री, समाजसेवी , भाषा सेवी तथा नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलद्वारा गठन गरिएको तेज-तिर्थ ट्रसद्वारा हरेक बर्ष बितरण गर्दै आएको सम्मान तथा पुरस्कार यस बर्ष पनि बितरण गरिएको छ।

काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा गरिएको उक्त कार्यक्रम पूर्व राष्ट्रपति डाक्टर रामबरण यादवको प्रमुख अतिथ्यत्वमा भएको हो।
कार्यक्रममा पूर्व रक्षा मन्त्री भिमसेन दास प्रधान अतिथिको रूपमा उपस्थित भएको हो।
कार्यक्रममा प्रमुख अतिथिद्वारा साहित्यकार नारायण देवी श्रेष्ठ तथा योगेन्द्र मान श्रेष्ठलाई यस बर्षको तेज-तिर्थ सम्मान तथा पुरस्कार वितरण गरिएको हो भने सम्मानकै क्रममा पत्रकारद्वय अजय शिवाकोटी तथा निर्मला आचार्य र मानव अधिकारवादी शिव प्रशाद कंगाललाइ बितरण गरिएको हो। नारायण देवी श्रेष्ठको पुरस्कार उहाको प्रतिनिधि उहाको छोरा दिनेश श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
प्रमुख अतिथि तथा नेपालको पहिलो राष्ट्रपति यादबले” लोकतन्त्र तथा संविधानको रक्षाका लागि आ- आफ्नो क्षेत्रबाट आवाज उठाउनु पर्ने ” कुरामा जोड दिनु भएको छ।
उहाले” असम्बैधानिक रुपमा संबिधान बिघतन भैसकेको आजको अवस्थामा अब नेपालको राजनीति कुन ठाउमा पुग्ने हो” भनि चिन्ता ब्यक्त गर्नु भएको छ।
कार्यक्रममा तेज -तिर्थ ट्रसका प्रमुख तीर्थराम डंगोलले” राष्ट्रलाई सुहाउदो र समाजलाई राम्रो बाटो देखाउने व्यक्तित्वहरुलाई हरेक बर्ष यो सम्मान तथा पुरस्कार बितरण गर्ने गरिएको बताउनुका साथै आज मेलमिलाप दिवसको उपलक्षमा यो सम्मान तथा पुरस्कार वितरण गर्न पाउदा आफु तथा आफ्ना परिवारहरु निकै हर्षित भएको” चर्चा गर्नु भयो।