मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले आफ्नो मौलिक सस्कृति र परम्पराको जगेर्ना गर्न बनाए यो:मरी

काठमाडौँ। नेप्लिज फेशन होमको आयाेजनामा याेमरी पुर्णिामाकाे उपलक्ष्यमा मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले यो:मरी बनाउन सिक्ने र सिकाउने कार्यक्रम गरेको छ।


बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार यो:मरी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् ।

उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो । विगत १७ वर्ष देखि निरन्तर रुपमा नेवार कला, भाषा तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित नेप्लिज फेसन हाेमले प्रत्येक वर्ष झैं यसपाली पनि १५ आौं मिस नेवा: नेपाल यहि माघकाे अन्तिममा फाईनल हुने गरि आयाेजना गर्ने र हाल १५ जना नेवा:चेलीहरुले प्रतिस्पर्धा गर्नेछन।
मिस नेवा:हरु सुनिता डंगाेल , नितु डंगोल, संगिता महर्जन , प्रजिता श्रेष्ठ , राेशनी कुम्पाखा तथा पल्सा श्रेष्ठ द्वारा प्रतिस्पर्धि नेवारी सुन्दरीहरलाई योमरी बनाउन सिकाउनुका साथै योमरी बनाउने प्रतिस्पर्धाको आयोजना पनि गरेको थियो ।