नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा रक्तदान कार्यक्रम
काठमाडौं ! नेपाल स्वयंसेवी रक्तदाता समाज,काठमाडौं महानगरपालिका १९,२०,२३ र २४ वडा नगर समितिको संयुक्त मुल आयोजनामा यहि पुष २५ गते शनिबारका दिन चोभार डांडामा रक्तदान एवं परिचायत्मक वन भोज कार्यक्रम सम्पन्न भएको छ!
उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद माननीय श्री राजेश शाक्य ज्यु को उपस्थिति रहेको थियो! महानगरीय प्रहरी बृत कीर्तिपुरका प्रहरी प्रमुख D.S.P श्री रुकेश तण्डुकार ज्युले मायाको चिनो प्रदान गरिएको उत्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्मचार्य ज्युले कार्यक्रममा सहभागी सम्पुर्ण महानुभावलाई खादा ओढाई सम्मान गरि स्वागत गर्नु भएको थियो!
ने.स्व.र.स मा नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गर्नु भएको थियो! यस् संस्थाका १९ नं. वडाका अध्यक्ष बिनोद खड्गी,२० नं. वडाका राम रन्जित, २३ नं. वडाका अध्यक्ष राकेश लाल श्रेष्ठ र २४ नं.वडाका काेषाध्यक्ष ओम कृष्ण रन्जितकारले केन्द्रिय अध्यक्ष श्री प्रेम सागर कर्माचार्य ज्युलाई खादा ओढाई सम्मान गर्नु भएको थियो!
र यस् संस्थाको २० वडाका सचिब राजेश मानन्धरले कार्यक्रम संचालन गर्नु भएको थियो! जम्मा ३२ जना ब्यक्तिले रक्तदान गर्नु भएको थियो भने नेकपा पार्टीका नेता श्री उमेश स्थापितले पनि रक्तदान गर्नु भएको थियो साथै नेकपा पार्टीका नेता आदरणीय श्री राजन गौतम ज्युको पनि उपस्तिथिती रहेको थियो!
सो कार्यक्रममा 110 जनाको उल्लेखनीय सहभागीता रहेको थियो! रगतको अभाव हुन नदिन यस् नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष श्री प्रेम सागर कर्माचार्य ज्युले भन्नू भयो सदैब यस् संस्था मा अग्रसर रही मानवीय कार्यमा हरेक बिरामीले रगतको दिलाउने बताउने भन्नू भयो! साथै आउदो दिनमा सबै ब्यक्तिलाई यस संस्थामा आवद्ध गराउदै जनचेतनामूलक कार्यक्रम हरु आयोजना गर्ने बताउनु भयो!