श्री आर्य अवलोकितेश्वर करुणामय ( सेतो मछिन्द्रनाथको) न्हव अर्थात् महास्नान आज सम्पन्न


काठमाडौँ। रोगब्याधी निको पार्ने तथा आयु आरोग्य र सहकालका देवता श्री आर्य अवलोकितेश्वर करुणामय ( सेतो मछिन्द्रनाथको) न्हव अर्थात् महास्नान आज सम्पन्न भएको छ।

पौष शुक्ल अष्टमीकादिन श्री आर्य अवलोकितेश्वरलाइ महास्नान गरिन्छ।
अघिल्लो दिन निर्मल तिर्थबाट पबित्र जल तामाको घडामा राखेर जनबहाल ल्याई पुर्याउछ ।
सोहि घडाको पबित्र जललाइ न्हव (महास्नान)को दिन गुरुजद्वारा मन्त्रोचारण गरि दुध र तातो पानीले स्नान गराइन्छ यो विधिलाई स्थानिय भाषामा न्हव: अर्थात् महास्नान भनिन्छ।
फोटो: आकास बज्राचार्य