श्री आर्यअवलोकेश्वर करुणामय( जा: जुया बिज्यात)नेत्र खोल्नु भयो
काठमाडौँ।श्री आर्यअवलोकेश्वर करुणामय सेतो मछिन्द्र नाथले( जा : जुया बिज्यात ) नेत्र खोल्नु भयो।
गत साता अष्टमीका दिन श्री आर्या अवलोकेश्वर करुणामय ( सेतो मछिन्द्रनाथ)को महास्नान सम्पन्न भएको थियो।
महास्नान सकिएपछि मछिन्द्रनाथलाई रंगरोगन गरि सृगार गर्ने गरिन्छ जसलाई स्थानिय भाषामा लपुली छायेगु भंनिन्छ।
एक सातासम्म मछिन्द्रनाथको सृगार पश्चात करुणामयको मूर्तिलाई मन्दिरमा आसन अगाडी विराजमान गराई गुरुजुद्वारा मन्तोरोच्चारण गरि पूजा आराधना गरिन्छ।
पूजा बिधि सकिएपछि छोपेको कपडा निकाली मछिन्द्र नाथको नेत्र खोलिन्छ जसलाई धार्मिक शब्दमा जा: जुगु भनिन्छ।

मछिन्द्र नाथले नेत्र खोल्नु भइसकेपछि उहाको दश कर्म संस्कार गरिन्छ।

फोटो ;आकास बज्राचार्य