आज शहिद दिवस मनाइयो

काठमाडौँ। आज शहिद दिवस नेपाल आमाको शिर उच्च राख्दै देशको लागि बलिदान दिएर सहादत प्राप्त गर्ने बीर सपूतको सम्झनामा आज शहिद दिवस मनाइयो ।


शहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ दशरथ चन्द तथा शुक्रराज शास्त्री आज उहाहरुको सम्झनामा उहाहरुको सालिक भएको स्थानमा सहिदहरुको प्रतिमामा माल्यार्पनाका साथै विभिन्न कार्यक्रम गरि उहाहरुलाई श्रदान्जली अर्पण गरिएको हो।


श्रदान्जलिकै क्रममा काठमाडौँ १९ वडास्थित प्याफ़ल टोलमा शहिद गंगालालको प्रतिमा अनावरण गरिएको छ , त्यस्तैगरी १९ वडा यतखा टोलमा शहिद निर्गुण स्थापितको सम्झनामा श्रदान्जली सभाको आयोजना गरिएको छ ।


नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको प्रमुख आतिथ्यत्वमा भएको उक्त कार्यक्रममा मुख्य अतिथि नविन्द्र राज जोशी , अतिथि राजु राज जोशी , २० वडा अध्यक्ष राजेन्द्र मानन्धर , राजेश श्रेष्ठ ,राज्यलक्ष्मी श्रेष्ठ , १९ वडाका सदस्यहरु चन्द्र मान डंगोल , रेणु कमल शाही , मधुसुदन प्रधान तथा रन्जिता परियार तथा शहिद निर्गुण स्थापितका दाजुले उहाको प्रतिमामा माल्यार्पण तथा पुष्प गुच्छा चढाई गरि श्रदान्जली अर्पण गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिबाट शहिद निर्गुण स्थापितको त्याग र बलिदानको स्मरण गरि उहाको देनको चर्चा गर्नु भएको छ ।
कार्यक्रमा सभाध्यक्ष १९ वडाका अध्यक्ष शशिलाल श्रेष्ठबाट धन्यबाद मन्तब्य राख्नु भएको हो।

Leave a Reply

Your email address will not be published.