नेपाल स्वयंसेवी रक्तदाता समाजले गरे रक्तदान कार्यक्रम
काठमाडौँ। नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिको आयोजनामा कोरोना भाइरसको महामारीको कारण कोरोना संक्रमितहरुलाई रगतको अभावले गर्दा ज्यान गुमाउन नपरोस भन्ने हेतुले काठमाडौँको चिकमुगल टोलमा रक्तदान कार्यक्रम आयोजनामा गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रन्जितले जानकारी गराएको छ।


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यत्वमा गरियको हो साथै २० वडाका अध्यक्ष राजेन्द्र मानन्धर तथा महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख DSP दिल बहादुर मल्लको बिशेष उपस्थित रहेको उक्त मानविय कार्यक्रममा महिला पुरुष गरि जम्मा २८ जनाले रक्तदान गरेका छन्।
