‘रगत दिऊँ, जगत् सुरक्षित राखौं’ भन्ने नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं–२४ नगर समितिले गरे रक्तदान कार्यक्रम

काठमाडौ। कोरोना महामारी तथा दिनदिन सक्रमित अत्याधिक बढ्दै गएको अवस्थामा भइरहेको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले ‘रगत दिऊँ, जगत् सुरक्षित राखौं’ भन्ने नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं–२४ नगर समितिले मखँ त्वाः मा रक्तदान कार्यक्रम गरेको छ ।
विश्व रक्तदाता दिवसबाट काठमाडौं महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र महानगरी प्रहरी वृत्त, जनसेवाका प्रमुख डिलबहादुर मल्लको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६औं पटकको रक्तदान गरी समापन गरिएको उक्त कार्यक्रममा महिला तथा पुरूष गरी जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।
रक्तदाता समाज काठमाडौं-२४ वडा समितिका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । गरेको रक्तदानमा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६६ औं पटक रगत दिएका छन् ।
कार्यक्रममा कर्माचार्यसहित ४१ जनाले रक्तदान गरेका थिए । त्यसक्रममा संकटमा रगत जुटाएर व्यक्तिको जीवन बचाउने अभियानमा लामो समयदेखि योगदान पुर्याउँदै आएका कर्माचार्यलाई अभिनन्दनसमेत गरिएको थियो ।