छ्त्रपाटी बिकास उपभोक्ता समितिको प्रथम वार्षिक कार्यक्रम
काठमाडौं महनगर पालिका १७ वडाका अध्यक्ष नवीन मानन्धरको प्रमुख आतिथ्यमा छ्त्रपाटी बिकास उपभोक्ता समितिको प्रथम वार्षिक कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम समितिका अध्यक्ष राजु मालिको सभापतित्वमा भएको हो।
कार्यक्रमा समाजसेवी, छत्रपाटी नि: शुल्क चिकित्सालयका निवर्तमान अध्यक्ष बिजय माली, सोही चिकित्सालयका कार्य समिती सदस्य सुचिन माली तथा सोर्हखुट्टे प्रहरी परिसरका प्रमुख को पनि उपस्थित थियो।
कार्यक्रममा सो उपभोक्ता समितिका सदस्य श्रीजना श्रेष्ठले वार्षिक प्रतिबेदन पेश गरेको हो, सोही क्रममा समितिका कोषाध्यक्ष दिनेश बहादुर श्रेष्ठले बार्षिक आय ब्यय प्रस्तुत गरिएको हो।
कार्यक्रममा उक्त समितिलाइ आर्थिक सहयोग गर्ने दाताहरुलाइ प्रमुख अतिथिबाट मायाको चिनो प्रदान गरिएको हो।


सथै सोही कार्यक्रममा समितिका सदस्यहरुलाइ सदस्यको परिचयपत्र पनि बितरण गरिएको छ।