बाखं दबूकाे कथा गोष्ठी
नेपालभाषाका कथा साहित्य क्षेत्रका चर्चित कथाकारहरुको नगरकोटमा दुई दिने कथा गोष्ठी सम्पन्न भएको छ ।
शुक्रवार र शनिवार भएको गोष्ठीमा साहित्यकार साथै शिक्षाविद् साथै पूर्व संविधान सभाका सदस्य स्व. लक्ष्मण राजवंशीकाे सम्झना स्वरुप प्रमूख अतिथिमा स्व.राजवंशीकाे तसबिर नै राखि कार्यक्रम सम्पन्न भएको हाे।
बाखं दबूका संस्थापक सदस्य लोचनतारा ताम्राकारबाट स्वागत मन्तव्य दिनु भएकाे थियो ।
कार्यक्रममा स्वर्गीय साहित्यकार राजवंशीको नेपालभाषाको कथा क्षेत्र साथै बाखं दबू संस्थाको लागि गरियकाे योगदानको चर्चा गरिएको थियो ।
दुई दिने साे गोष्ठीमा नेपालभाषा साहित्य क्षेत्रका चर्चित साहित्यकारहरु अन्जना ताम्राकार, भगतदास श्रेष्ठ, निजिरोस श्रेष्ठ, किरणकेन रन्जितलगायतका कथाकारहरुले आआफ्नो कथा बाचन गरेका थिए ।
सबैको कथालाई लिएर वरिष्ठ साहित्यकार केदार सितुले टिप्पणी गरेका थिए भने समालोचक पूर्ण ताम्राकारले समालोचना गरेका थिए ।
बाखं दबूका संस्थापक सदस्य साहित्यकार बद्री वेदनाले धन्यबाद मन्तव्य दिनु भएकाे थियाे ।