करुणाकर सम्मानबाट कथाकार शाक्य सम्मानित
ललितपुर।ललितपुर महानगरपालिकाका उप मेयर मन्जरी शाक्यकाे प्रमुख अतिथित्वमा लोक साहित्य परिषद भवनमा लोक साहित्य परिषदकाे अायाेजना कथाकार शान्तराज शाक्यलाई करुणाकर सम्मानबाट सम्मानित गरियकाे छ।

वाङ्गमय शताब्दि पुरुष सत्यमोहन जाेशीले नेपालभाषा साहित्य क्षेत्रमा लोक साहित्यकाे बिकासका लागि स्थापना गरियकाे करुणाकर सम्मान यस वर्ष कथाकार शान्तराज शाक्यलाई प्रदान गरियकाे छ।
परिषदया अध्यक्ष राजित बहादुर श्रेष्ठंका अनुसार शाक्यले लोक कथालाई सामाजिक संजालकाे माध्यमबाट घर घरमा पुर्याइएकाे याेगदानकाे कदर स्वरुप याे सम्मान प्रदान गरियकाे हाे।