सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मन्त्रीलाई कारवाही गर्न सांसद सुवालको माग

नेपाल मजदुर किसान पार्टीका नेता साथै प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेल्नेहरुलाई कारवाही गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको वैठकमा बोल्दै भक्तपुर क्षेत्र नम्बर एकबाट निर्वाचित संघीय सांसद सुवालले यस्तो माग गरेका हुन् ।

वैठकमा बोल्दै सांसद सुवालले भक्तपुरको हनुमन्ते नदीको २०–२५ रोपनी जग्गा हाल साबिक गराई व्यक्तिको नाममा दर्ता गराउने तत्कालीन भूमिव्यवस्था मन्त्री, सांसद र सरकारी अधिकारीहरुलाई कारवाही गर्न माग गरे ।

२१ सालको नापीनक्सा बिपरित, भक्तपुरको मध्यपुर र सुर्यविनायकको सिमानामा हनुमन्ते नदीको बहाव परिवर्तन गराई नदीको २०–२५ रोपनी जग्गासमेत हाल साबिक गराई ब्यक्तिको नाममा दर्ता गराइएको दावी सांसद सुवालले गरे ।

ब्यक्तिको नाममा दर्ता गरिएको सो जग्गा पुनः सरकारी बनाउन सांसद सुवालले माग गरे ।

साथमा काठमाडौंको ठमेलस्थित बौद्ध बिहारको सरकारी कमलपोखरी र वरिपरीको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने मन्त्री र सरकारी अधिकारीहरुलाई कारवाही गर्न पनि उनले माग गरे ।

‘काठमाडौ ठमेलस्थित बौद्ध बिहारको सरकारी कमलपोखरी र वरिपरीको सरकारी जग्गासमेत ३०–३५ रोपनी ब्यक्तिको नाममा दर्ता गरी व्यापारिक भवन बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरुलाई कडा कारवाही गरी सो क्षेत्र पुन सरकारी स्वामित्वमा ल्याउन जारुरी छ’ सुवालको भनाई हो ।

सुवालले अमेरीकी नीतिको पनि नेपाल सरकारले विरोध र भत्सर्ना गर्नुपर्ने विचार राखे ।

चीनले रुससँग युक्रेनमा शान्ति कायम गर्ने विषयमा १२ बुँदाको प्रस्ताव राखेको र त्यसपछि अमेरिकाले चीनको भूमि ताइवानमा पृथकताबादी गतिविधि गर्न लगाएको दावी गर्दै सुवालले अमेरिकी नीतीको बिरोध एवं भत्सर्ना गर्न जरुरी रहेको बताए ।

अमेरिका र फिलिपिन्सको संयुक्त सैन्य अभ्यासको पनि सरकारले बिरोध गर्न जरुरी रहेको सुवालको भनाई हो ।

Leave a Reply

Your email address will not be published.