सबै वडामा एकै पटक विशेष सरसफाइ
काठमाडौँ।जनप्रतिनिधिले पद बहाली गरेको १ बर्ष पूरा भएको अवसरमा सबै वडामा एकै पटक विशेष सरसफाइ गरेकाे छ।

सार्वजनिक ठाउँमा भएको विशेष सरसफाइबाट ६८ गाडी फोहोर संकलन भएको छ । जसमा महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ वटा गाडी फोहोर संकलन गरेका थिए । यसबाट करिब ११८ मेट्रिक टन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

सरसफाइ कार्यक्रममा सबै वडाका जनप्रतिनिधि,निल बाराहि गणका सैनिक जवानहरु तथा स्थानिय बासिहरुकाे पनि उत्साहजनक सहभागि थियाे।
