“इतुंबाहाः म्यूजियम” उद्घाटन
काठमाडौं।काठमाडौंकाे २४ वडा इतुम्बाहाःस्थित श्री भास्करदेव संस्कारिता केशचन्द्र कृत पारावर्त महाविहारमा नवनिर्मित “इतुंबाहाः म्यूजियम” शनिबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ ।

संग्रहालयको उद्घाटन बागमती प्रदेश सभासद शेेलेन्द्रमान बज्राचार्य तथा पूर्व मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको हो ।

इतुम्बाहाःस्थित केशचन्द्र महाविहारलाई काठमाडौंको सबभन्दा पुरानो र महत्वपूर्ण महायान बौद्ध महाविहार मानिन्छ । संग्रहालय अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमसँगको सहकार्य तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको उक्त महाविहार इतुंबाहाःसंरक्षण समाजकाअध्यक्ष प्रज्ञारत्न शाक्यले बताइएको छ ।

११औं शताब्दीतिर स्थापना भएको इतुंबहाः काठमाडौं उपत्यकामा रहेका १८ महायान बौद्ध महाविहारमध्ये सबैभन्दा पुरानो र महत्वपूर्ण विहार हो । यस बहालकाे वास्तविक र पूरा नाम श्री भास्करदेव संस्कारिता केशचन्द्र कृत पारावर्त महाविहार हो।

अध्यक्ष शाक्यका अनुसार करिब दुई वर्षदेखिको अथक प्रयासपछि इतुम्बहाः म्युजियमको स्थापना गर्न सफल भएको बताउँछन् उहाँले यसलाई नेपालको पहिलो विहार संग्रहालय हो भन्दा अत्युक्ति नहोला भनी उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
संग्रहालय खोल्न लागेकोमा शुक्रबारदेखि नै स्थानीय एवं अभियानकर्ताहरुले विरोध जनाउँदै आएका छन् ।

उनीहरुका अनुसार विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग आपत्तिजनक रहेको छ । जसले हाम्रो गोप्य तथ्यहरु बाहिरिने स्थानीय तथा अभियन्ताहरुको कथन छ ।

उनीहरुका अनुसार रूबिनले सहयोगका रूपमा २० हजार अमेरिकी डलर दिने भएपछि इतुम्बहाःमा संग्रहालय खोल्न लागेको बताउँछन् । उनीहरुले जीवित सम्पदाको रूपमा रहेको महाविहारमा संग्रहालय खोल्दा वर्षौंदेखि चल्दै आएको पूजाआजा र संस्कार प्रभावित हुने तथा विदेशी हस्तक्षेप बढेको बताएका छन्