भाेटाहिटीकाे गाेदाम रहेकाे घरमा आगलागि

काठमाडौं।हिजाे साझ ७:५० बजे काठडौंकाे महानगर पालिका २७ व भोटाहिटी स्थित गणेश मन्दिर नजिकै रहेको सात तल्ले घरकाे छैटौं तल्ला माथी रहेको रौतहट घर भएका मोहम्मद सम्सादको भाडा बर्तनको गोदाममा आगलागी भएको हो।

आगलागिकाे खबर श्री शार्दुल जङ्ग गुल्मबाट खटिएको घुमुवाबाट प्राप्त भएको थियो, खबर पाय लगत्तै श्री शार्दुल जङ्ग गुल्मका गुल्मपति सेनानी श्री पूर्ण प्रजापति कमाण्डमा १/१९को फायर फायरिङ टोलि 8 बजे घटनास्थलमा आगलागी नियन्त्रणका लागि खटिएका थिए।

साथै रणभैरब गणबाट १/३४ को नफ्री, श्री नरसिंह गणबाट १/३४को नफ्री,श्री युद्ध भैरब गणबाट १/१७को नफ्री,श्री पुरानो गोरख गणबाट१/३४को नफ्री,श्री सैनिक परिबहन गणबाट एक दमकल ललितपुर नगरपालिकाबाट एक दमकल , भक्तपुर नगरपालिकाबाट एक दमकल, नेपाल प्रहरी , शशत्र प्रहरी, काठमाडौं महानगरपालिकाको जुद्द बारुद यन्त्रको चार दमकल र स्थानिय बासिन्दाहरुको सहयोगमा रातिको करिब ९:४० बजे पूर्ण रुपमा आगलागी नियन्त्रणमा आएको हो।

आगलागी नियन्त्रणका लागि खटिएका गुल्मका टोलि १०:५ बजे गुल्मा फर्किएका थिए।

आगलागिबाट कुनै पनि मानविय क्षति नभएको तथा भौतिक सम्पत्तिको क्षतिकाे यकिन विवरण आउन बाकी रहेको र आगलागीको कारण समेत खुल्ल्न न आएको जनाएको छ।

Enter

You sent

Leave a Reply

Your email address will not be published.