राष्ट्रिय युवा संघ नेपालले गर्यो रक्तदान

काठमाडौंको।राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर पालिका २४ वडा कमिटीको आयोजनामा मखन टाेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर पालिका २४ वडा कमिटीका अध्यक्ष बिकेश तुलाधरको संयोजकमा भएको हो।

कार्यक्रम पूर्व सांसद राजेश शाक्यकाे प्रमुख आतिथ्य तथा २४ वडाका सदस्य रत्नकर बज्राचार्य, ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापति,राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर पालिका कमिटीअध्यक्ष दिपेश सुधाकरकाे आतिथ्यमा भएको हो।

पूर्व सांसद राजेश शाक्य लगायत ५१ जनाले रक्तदान गरेको जानकारी राष्ट्रिय युवा सङ नेपाल २४ वडा कमिटीकाअध्यक्ष बिकेश तुलाधरले गरेका छन, साथै यो राष्ट्रिय युवा सङ नेपाल २४ वडा कमिटीको पहिलो कार्य हो र भावी दिनमा पनि यस्तै सिर्जनात्मक सामाजिक कार्य गर्ने बताएका छन् !

रक्तदाताहरुलाई आयाेजक राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर पालिका २४ वडा कमिटीको अध्यक्ष बिकेश तुलाधर तथा सचिव अजय महर्जनबाट प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको हो।

Leave a Reply

Your email address will not be published.