१६ वडाका अध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा उहाँको आज विहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उहाँलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
स्व. रिजालको शव अन्तिम श्रद्धांजलिको लागी आज दिँउसो ११ बजे देखी १२ बजे सम्म राष्ट्रीय सभा गृहमा राखिने र तत् पश्चात आर्यघाट (पशुपतिनाथ) लगिने ।
स्व. रिजाल नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ७ क्षेत्रीय सभापति हुनुहुन्थ्यो।
You sent
हुनुहुन्थ्यो