समाचार सिनेजगत हाईलाईट

नयाँ वर्षकाे नयाँ नेपालभाषाकाे गीत र नेपालभाषाकै लाेरी बालगीत तिहारमा बिमाेचित

नेपाल स‌ंवत ११४१ काे उपलक्षमा नेपालभाषाका लाेकप्रिय गायक पवित्र कसाःकाे आवाजमा छ जिमि हिरा रे बाेलकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । शैलेश शाक्य लगँबरेकाे लेखन, गाेविन्द ह्यूमतकाे संगीत र जिवित जल्मिकाे संगीत संयाेजनमा गाेपालकृष्ण महर्जनकाे निर्माण र रामकृष्ण खड्गीकाे निर्देशनमा म्यूजिक भिडियाे निर्माण भएकाे हाे । बालगीतहरुमा लाेरी गीत बनाएकाे गीतकार शाक्यले बताउनु भयाे ।

त्यस्तै नेपाल संवत ११४१ लागेकाे उपलक्ष्यमा भिंतुना म्ये पनि सार्वजनिक भएकाे छ । भाेगेन्द्र बज्राचार्य र लसता जाेशीकाे आवाजमा भिंतुना गीतकाे अडियाे सार्वजनिक भएकाे हाे । शैलेश लगँबरेकै रचना रहेकाे यस गीतमा गीतकार संघरत्न शाक्यकाे उतिकै हाैसला र सहयाेग रहेकाे गीतकार लगँबरेले बताउनुभयाे ।

भुतपुर्व रक्षा मन्त्री भिमसेनदास प्रधानले यस अडियाेलाइ सार्वजनिक गर्नुभएकाे थियाे भने छ जिमि हिरा रे म्यूजिक भिडियाे काठमाडाै‌ं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले सार्वजनिक गर्नुभएकाे थियाे । भुपु मन्त्री प्रधान विशेष अतिथि र मेयर शाक्य मुख्य अतिथि रहेकाे कार्यक्रममा गीतकार साथै विभिन्न वक्ताहरुले गीतकाे मुल्यांकन गरेका थिए ।

नेपालभाषाकाे क्षेत्रमा मन छुने र लाेकप्रिय लाेरी गीत हुनेमा शंका नरहेकाे नेपालभाषाका लाेककवि राजभाइ जकमिले गीतकाे प्रशंसा गर्दै बताउनुभयाे । निर्देशक खड्गीले काेभिडकाे बिचमा हुलमुल नगरी व्यवस्थापन गरेर भएनि म्यूजिक भिडियाेलाइ सफल पारेकाे अनुभव सुनाउनु भयाे । नेपालभाषाका नायक किशाेर चिपालु, बुगिउगि टपर सृष्टि महर्जन, सँस्कृति अभियन्ता निरज वाडे आदिकाे भुमिका यस म्यूजिक भिडियाेमा हेर्न लायक रहेका छ ।

अन्तर्वार्ता समाचार सिनेजगत हाईलाईट

लक्ष्मीकाे आराधना गर्ने तिहारमा पनि व्यस्त नेपालभाषाकी लक्ष्मी, आराध्या लक्ष्मी खड्गी

आराध्या लक्ष्मी खड्गी नेपालभाषा सिने जगतमा लाेकप्रिय कलाकारकाे रुपमा स्थापित मात्र भएकी छैनन् व्यस्त र सकृय पनि उतिकै हुनुहुन्छ । लकडाउनले सुस्त सिने जगतलाइ तताउन मह जाेडीकाे हित गीतकी नायिका यिनी गीत भाइरल भइसकेपछि निर्माताका लागि लक्ष्मी नै हुनुभएकाे छ । दशैं तिहारमा समेत विभिन्न गीतमा अभिनय गरेर ब्याक टु ब्याक म्यूजिक भिडियो निकाल्न सफल यिनी नायिका कलाकारिताकाे साथसाथै कोरियोग्राफि र निर्देशनमा समेत जम्नु भएकाे छ ।

नेपाल भाषाकाे म्यूजिक भिडियोका सुपरस्टार रुपेन्द्र श्रेष्ठसँगै जाेडीकाे रुपमा भरखरै यचुगु भ्वतय् म्ये च्वया बोलकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । साथै रुपेन्द्र सँगै जमाना मभिं स्व बाेलकाे गीतमा निर्देशक साथै काेरियाेग्राफर र कलाकारकाे रुपमा देखा पर्नु भएकाे थियाे । याे हिट जाेडिले अवार्ड जितेकाे दुइटा सर्टमुभिमा समेत साथै काम गरेका थिए ।

यिनै नेपालभाषाकी आजकालकी ब्यष्ट नायिका र निर्देशक आराध्या लक्ष्मीले आफ्नाे निर्देशन यात्रा र निर्देशित म्यूजिक भिडियो जमाना मभिं स्व का विषयमा खुलेर बताउनु भएकाे छ । जमाना मभिं स्व बाेलकाे गीतमा राबिन्सन कंसाकार र सुमन मानन्धरकाे आवाज साथै सुरज वीर बज्राचार्यकाे शब्द र जुगल डंगोलकाे संगीत रहेकाे छ । वरिष्ठ छाँयांकार तथा सम्पादक सोहन मानन्धरकाे उत्कृष्ठ काममा परिकल्पनाकार, कोरियाग्राफर तथा निर्देशक आराध्या लक्ष्मी खड्गीकाे अभुतपुर्व मेहेनत देख्न पाइन्छ । 

यसै परिकल्पनाका विषयमा उहाँकाे भनाइ यस प्रकार रहेकाे छ :
गीतका शब्द अनुसार नै कन्सेप्ट तयार भएकाे हाे । हरेक पाइलामा सचेत हुनुपर्ने सन्देश यस गीतले दिएकाे छ । एकजना केटाले आफुले मनपराएकी केटीलाइ जमाना ठिक नरहेकाे र होस पुर्याएर पाइला चाल्न सल्लाह दिँदै आफ्नाे मायाकाे समेत इजहार गरेकाे गीतका शब्दले झल्काउँछ । केटाकाे काेसिसले मख्ख केटी घरमा माग्न आए हुन्छ भन्दिन्छु भन्दै केटालाइ स्वीकृति दिने र अन्तमा दुइजनाकाे सुखद मिलन हुने दृष्य यस म्यूजिक भिडियाेमा हेर्न पाइन्छ । कमेडि, राेमान्स, साथै थ्रिललाइ एउटा कथामा बाँडेर म्यूजिक भिडियाेलाइ जिवन्त बनाउने काेसिसकाे रुपमै याे भिडियाेकाे परिकल्पना हुन गयाे । त्यहि अनुसार गीतकार सुरज दाइलाइ डाइलग लेख्न अनुराेध गरें । टिमले मन पराए अहिले दर्शकले मन पराउनु भयाे ।

म्यूजिक भिडियोमा डाइलग राखि म्यूजिक भिडियाे ट्रेन्डिंग भइरहेकाे छ । त्यसैले त्यस्तै बनाउनु भएकाे हाे ? 

म्यूजिक भिडियोमा विविधता आउनै पर्छ । प्रयाेगहरु पनि गर्दै जानु पर्छ । नेपाली गीतमा डाइलगत राेखेरै बनाइएका छन् । त्यसकाे नक्कल गरेकाे हाेइन तर यसमा कथाले नै मागेकाे छ । सिधै केटिकाे पछि पछि जानु भन्दा कथावस्तु मिसाएरै गीतलाइ अघि बडाएकी छु । म आफैपनि टिकटक बनाइराख्ने मान्छे र टिकटक बनाउँदा असावधानीले दुर्घटना हुने विषयलाइ समेत यस म्यूजिक भिडियोमा देखाएकि छु। सबैकाे जिवनमा हिरो आएर बचाउन आउँदैन । सुनसान ठाउँमा एक्लै चुलबुल चुलबुल गर्नु हुँदैन । जमाना ठिक छैन । 

कलाकारसँगै निर्देशनकाे यात्रा कसरी थाल्नुभयाे ?

अञ्जु पन्टकाे नेपाली म्यूजिक भिडियाेबाट कलाकारिता क्षेत्रमा पाइला सारें । त्यसपछि नेपालभाषाका म्युजिक भिडियोहरु गर्न थालें । मेराे दाेस्राे म्युजिक भिडियो देखि नै मैले कोरियोग्राफि पनि गर्न थालेकी थिएँ । म्यूजिक भिडियाे बाहेक म डान्स टिचर पनि हुँ । नेपालभाषाकाे मेराे पहिलाे चलचित्र लिबाय् धुंकाकाे गीतमा मैले नै निर्देशन गरेकि हुँ । त्यसमा चलचित्रका निर्देशक साथै मेरा गुरु राजेशमान सिंहले धेरै हाैसला दिनुभयाे । हास्य कलाकार रवि डंगोल सँगकाे म्यूजिक भिडियोपनि मैले निर्देशन गर्ने अवसर पाएँ । हेर्दा हेर्दै अहिले दर्जन गीतमा निर्देशककाे भुमिका निभाइसकेकी छु । त्यसाे त निर्देशनमा पहिले देखि इन्टरेष्ट पनि थियाे । 

अब भविष्यमा के गर्ने विचार छ ? 

अहिले लाइ म्यूजिक भिडियो, सर्ट मुभि र चलचित्रमै निरन्तरता दिन्छु । एक राम्राे निर्देशक, कोरियोग्राफर र कलाकारकाे रुपमा परिचित हुने इच्छा छ । भविष्यमा डान्स सेन्टर पनि खाेल्ने विचार छ । हेराैं के हुन्छ ।

समाचार सिनेजगत हाईलाईट

आराध्यालक्ष्मीकाे इसारामा नाच्दैछन् रुपेन्द्र

पुरुषकाे कमजाेरी महिला भनिन्छ । पुरुषलाइ महिलाले ‌‌औंलामा नचाउन सक्छन् । नेपालभाषाकी नायिका आराध्यालक्ष्मी खड्गी आजकाल नेपालभाषाका नायकहरुलाइ इसारामै नचाउँदैछिन् । हरिवंश आचार्यलाइ नचाइसकेकी, नायिकाबाट निर्देशककाे भुमिका समेत निभाइरहेकी खड्गीले नेपालभाषाकाे नयाँ गीतका लागि नेपालभाषा म्यूजिक भिडियाेमा राज गरिरहेका कलाकार रुपेन्द्र श्रेष्ठलाइ नचाउँदै आफु पनि नाच्दै छिन् । मह जाेडीकाे पछिल्ला भाइरल गीतमा समेत खड्गीले आफ्नाे कला देखाएर ख्याति कमाइसकेकी छिन् । दर्जन जति म्युजिक भिडियाेलाइ आफ्नाे निर्देशन दिएकी आराध्या सर्ट मुभि कलाकारीतामा समेत सक्रिय रहेकी छिन ।

नेपालभाषा कभर गीतबाट ख्याति कमाएका गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरकाे राेमान्टिक गीतमा खड्गी र श्रेष्ठ जमाना ठिक नरहेकाे भन्दै आफ्नाे कला देखाउँदैछन् । म्यूजिक भिडियोकाे छायाँकन तथा सम्पादन सकिएकाे जमाना मभिं स्व बाेलकाे नेपालभाषा गीतकाे कभर फाेटाे प्रकाशन भएकाे छ । छिट्टै म्यूजिक भिडियाे रिलिज गर्ने निर्माण टिमले जानकारी दिएकाे छ ।

गायक तथा सञ्चारकर्मी सुरजबीर बज्राचार्यको शव्द, जुगल डंगोलको स‌ंगीत तथा स‌ंयाेजन रहेकाे यस गीतमा केही कमेडी दृश्य समेत रहेका निर्देशक साथै काेरियाेग्राफर र भिडियाे कन्सेप्ट गर्नुभएकी खड्गीले बताउनुभयाे । भिडियाेमा चिरीबाबु महर्जन, रमेश पौडेल, राजकुमारी श्रेष्ठ लगायतका कलाकारकाे कलाकारिता हेर्न पाइन्छ । नेपालका सुन्दर स्थानका दृश्य कैद गरी र‌ंगीन भिडियाे बनाउन माहिर सोहन मानन्धरले यसमा छायाँकन र सम्पादन गरेका हुन्। ड्रोन सिन भने शनि शाक्यले खिचेका हुन । राजेश मानन्धरको फोटोग्राफी र पूजा शाही तथा निरु महर्जनको श्रृंगार रहेकाे छ । गीतकाे प्राेमाे र गीत रिलिज छिटै हुने निर्माण पक्षले बताएका छन् ।

आर्थिक समाचार हाईलाईट

राजधानीमा पहिलाे पल्ट खुल्यो INGCO ब्राण्डकाे नयाँ शोरुम

अनुप प्रधान

राजधानीकाे टेकुमा रोडमा हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको संयुक्त सहकार्यमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नयाँ शोरुमको सञ्चालनसंगै नेपालमा पहिलो पटक इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरु एउटै छानामुनि पाउने अवसर प्राप्त हुने जानकारी दिदै हाम्रो निर्माण सेवाका सेल्स डिपामेन्ट अफिसर रवि विष्टले समाग्री खरिदका लागि अनलाइन सेवा समेत सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।

शोरुममा INGCO power tools, Armature ,Quick connector, High Pressure Washer, Watt Heat Gun, Watt Air Compressor ,Circular Saw , Angle Grinder , Marble Cutter,Cordless impact wrench drill machine,drill bet लगायतका यावत हार्डवेयर समाग्री उपलब्ध रहेको जानकारी दिनुभयो । शोरुमकाे काठमाडौ महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष विकास डंगोलले उद्घाटन गर्नु भएको हो ।

समाचार सिनेजगत हाईलाईट

साँस्कृतिक झलकले भरिपुर्ण नेपालभाषाकाे गीत “छुल रे मन जिगु”

साँस्कृतिक झलकले भरिपुर्ण नेपालभाषाकाे नयाँ गीत सार्वजनिक भएकाे छ । ईलोहं प्रकाशनकाे निर्माणमा रत्न शाेभा महर्जनकाे सुमधुर स्वरमा सजित नेपालभाषाकाे गीत ‘छु जुल रे मन जिगु’ काे म्यूजिक भिडियाे प्रिमियर भएकाे छ ।

ईलोहं प्रकाशनकै युट्यूब च्यानलमा प्रिमियर भएकाे गीतमा शब्द दर्शन वीर शाक्य र जिवित जल्मिकाे संगीत रहेकाे छ ।

कोरोनाकाे विषणकालमा पनि जाेखिमलाइ मध्य नजर गरेर यति मात्रामा मानिस जम्मा गरि म्यूजिक भिडियाे तयार पार्न चुनाैति नै रहेकाे गीतकार साथै प्रकाशनका व्यवस्थापक शाक्यले बताउनुभयाे । म्यूजिक भिडियाेमा ३७ जना कलाकारकाे सहभागिता रहेकाे छ भने नेवारी भेषभुषा र सँस्कृतिकाे झलक देख्न पाइन्छ ।

ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यकाे सभापतित्वमा सञ्चालित प्रिमियर कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर असंबरेले गीतकाे तारिफ गर्दै विश्लेक्षण गर्नुभयाे ।

नेपालभाषा म्यूजिक भिडियोमा एकछत्र राज गर्दै आइरहेका नायक रुपेन श्रेष्ठले आफुले अहिलेसम्म यस्ताे जमातमा म्यूजिक भिडियाे नगरेकाे र नयाँ अनुभव हासिल गरेकाे बताउनुभयाे । प्रमुख पात्रकाे रुपमा रहनुभएकी नव कलाकार रविना तुलाधरले याे आफ्नाे ड्रिम प्रोजेक्ट रहेकाे बताउनुभयाे ।

म्यूजिक भिडियो निर्देशक राजन शाहीले टिम वर्कका कारण सफल भएकाे बिचार राख्नुभयाे । छायाँकार तथा सम्पादक मनोजरत्न शाहीं आफुहरुले दिनरात नभनि मेहेनत गरेर छाेटाे समयमा नै भिडियाेलाइ मुर्तरुप दिएकाे बताउनुभयाे ।

सुष्मा महर्जनले चलाउनुभएकाे कार्यक्रममा ३७ कलाकार साथै सुटि‌ंग स्थल संयोजन गर्नुभएका नविन थेच्वमिले चुनाैतीकाे आफ्नाे अनुभव सुनाउनुभयाे ।

समाचार सिनेजगत हाईलाईट

गायक सलिल सुन्दर तुलाधरको नेपाल भाषाको ‘यः मां’ बोलको गीत सार्वजनिक

काठमाडौँ – गायक सलिल सुन्दर तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारिएको नेपाल भाषको यः मां बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक तुलाधरद्वारा लेखन, संगीत र रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो प्रथम वार्षिक पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको हो । आमाको गुण चित्रण गरी संसारमा जो कोहीलाई सबै भन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुखदायी हुन्छ भन्ने भावना यस गीतमा समेटिएको छ ।

यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रण बहादुर ताम्राकारले शब्द लेखनमा सहयोग गरेका छन् । मन्जु श्रेष्ठ, दिपक मगर र संर्निका राजोपाध्यायद्वारा अभिनित यस म्युजिक भिडियो मतिना प्रोडक्सनद्वारा तयार परिएको हो । विजु कर्माचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गरेका छन् भने सह निर्देशन तथा भिएफएक्स महेश्वर श्रेष्ठले गरेका छन् ।

यस गीतका गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधरले यस पूर्व पनि नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्ता लोकप्रिय गीत दिइसकेका छन् भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा स्वर दिइसकेका छन् । यसैगरी नेपाल भाषा संगीतमा पनि छपला एल्बम, मखं त्वा या कायमचा आदि लोकप्रिय गीतहरुमा स्वर दिइसकेका छन् । उक्त भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो हेर्नुहोस्

समाचार सिनेजगत हाईलाईट

नेपालभाषाका निर्देशक सुरेश खड्गीको पहिलो नेपाली सर्ट मुभि “वान वे” बन्दै

कोरोना भाइरस र लकडाउनले सिने जगतमा बाटो जाम भैरहेको समयमा आफ्नो बाटो पहिल्याउँदै पहिलो पटक नेपाली सर्ट मुभि निर्देशन गर्दैछन् सुरेश खड्गी । नेपालभाषाको फिल्म लाइनमा निर्देशक, निर्माता तथा कलाकारको रुपमा सुपरिचित खड्गीले माया, प्रेममा वान वे कसरी हुन्छ भन्ने यस सर्ट फिल्मबाट देखाउँदै हुनुहुन्छ ।

नेपालभाषाका नामी कलाकारहरु र प्राविधिक मिलेर खस नेपाली क्षेत्रमा योगदानको रुपमा यो सर्ट फिल्म प्रस्तुत गर्दैछन् । नेपालभाषा फिल्म र म्यूजिक भिडियोमा चर्चित अनुहार सुरज नापित र मह जोडिका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका सुपरहिट गीतमा आफ्नो अदाकारीता देखाइसकेकी साथै पुरस्कृत सर्ट फिल्महरुमा कलाकारीता गरेकी नायिका आराध्या लक्ष्मी खड्गीलाई यस सर्ट फिल्ममा मुख्य भुमिकामा देख्न सकिनेछ । नयाँ अनुहार जुनु त्वायनाको साथै अन्य कलाकारको अभिनय रहनेछ ।

दुई नायिका र एक नायकको त्रिकोणात्मक प्रेम कथामा केहि माया, केहि विश्वासघाट, केही रोमान्स र थुप्रै सस्पेन्स मिसिएको फिल्म नै वान वे रहेको निर्देशक खड्गीको भनाइ रहेको छ । यस फिल्ममा आफु नायिका भए पनि फरक भुमिका रहेको र आफुले गरेको अरु फिल्म भन्दा भिन्न पात्रमा देखिने नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०१९ को बेष्ट मोडल पपुलर विजेता नायिका खड्गीको भनाइ रहेको छ । उहाँको दृष्टि विहिन युवतीको भुमिकामा सरस्वती नामक सर्ट मुभि तयार भैसकेको छ ।

निर्देशक खड्गी साथै नेपालभाषा चलचित्र लिबाय् धुंकाकी नायिका खड्गीका गुरु लिबाय् धुंकाका निर्देशक राजेशमान सिंह मुख्य सल्लाहकार रहेको यस सर्ट मुभिमा सिंह कै पटकथा रहेको छ । सर्ट फिल्ममा कथा सुजन श्रेष्ठको रहेको छ भने निर्माण पनि उनैले गर्दैछन् । पहिलो पटक निर्माता भएका श्रेष्ठ यस फिल्मदेखि उत्साहित भएका छन् । फिल्ममा वरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठले सहयोग गरेका छन् । छायाँकन अमर चित्रकारको रहनेछ ।

लकडाउन अघि नै निर्माण गर्ने योजना रहेको यस सर्ट मुभिलाई लकडाउनले नो वे भनेपनि लकडाउन खुकुलो हुनासाथ वान वेले आफ्नो वे खोजिसकेको छ ।

समाचार हाईलाईट

मंगलबार कोरोना संक्रमितको संख्या १ सय ५० पुष्टि

३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षणसँगै मंगलबार नेपालमा १ सय ५० मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

अहिले ५ हजार ४ सय ७७ जना कुल संक्रमित उपचाररत छन् । २४ घण्टामा ६ सय ९ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म १२ हजार ४ सय ७७ जना डिस्चार्ज भैसकेका छन् । नेपालमा मृतकको संख्या ४० रहेको छ भने हालसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण भैसकेको छ ।

आर्थिक समाचार हाईलाईट

काठमाडौँ महानगरपालिकाको बजेट १६ अर्व ४२ करोड

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गर्नुभएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।

काठमाडौँ महानगरपालिकाले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो ।

सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलब २२ प्रतिशत हो । त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।

जुन कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार बिनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलब ६८ प्रतिशत हो ।

काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये अन्तरिक श्रोतबाट कुल रु ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो । त्यसैगरी बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जुन कूल आम्दानीको ३७ दशमलब ५० प्रतिशत हो । कुल आम्दानीमा नपुग हुने रकम रु ३ अरब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कूल आम्दानीको २१ दशमलब ३० प्रतिशत हो ।

महानगरपालिकाको आन्दानी प्रक्षेपण यस्तो छ

आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । जस अन्तर्रगत प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ । त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ ।

कोभिड–१९ को असर र रोकथाम न्युनिकरणलाई प्राथमिकता

कोभिड–१९ ण्को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।

महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रबिधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट बिनियोजन गरेको छ ।

गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड त्यसैगरी काठमाडौँ

महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ । ‘महानगरबाट संचालित बिकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले भन्नुभयो, ‘हामीबाट संचालित बिकासका गतिबिधीहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पुरा गर्न हामी जनप्रतिनिधी,सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन ।’

कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट

काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७÷०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । ‘घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ आज प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ, सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’

होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा भारी छुट

महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएकाअसरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६÷७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७÷७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने जानकारी दिएको छ । २०७७ पुस मसान्ता भित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ ।

बार्षिक बहाल करमा १० प्रतिसत छुट

काठमाडौँ महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरबासीहरुलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६÷७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ । ‘तर, आर्थिक बर्ष २०७६÷७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतकोबहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७÷७८ मा बुझाउनुपर्ने बाषर््िाक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

व्यवसाय करमा ५० प्रतिसतसम्म छुट

त्यसैगरी काठमाडौँ महनगरपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।

महानगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुइतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।

त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात ब्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, टे«किङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, बैदेशिक रोजगार संपर्क व्यवसाय, डान्स टे«निङ्ग सेन्टर, संगित सम्वन्धि सेवा प्रदान गर्ने व्यावसायलगायत पर्दछन् ।

समाचार हाईलाईट

आज ३८० जनामा कोरोना पुष्टि, काठमाडौंमा एकजनामा कोरोना

कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको समयमा २४ घण्टामा नेपालमा ३८० जना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । कुल ११ सय ९८ जना डिस्चार्ज भएका छन् भने १९ जनाको मृत्यु भैसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीमा ८९, दाङमा ५६, रौतहटमा ५२, कैलालीमा २३, बैतडीमा २१, डोटीमा २०, धनुषामा २१ सर्लाहीमा १६, कञ्चनपुरमा ११, गोरखामा १०, अर्घाखाँची र बर्दियामा ९,९ जना, दैलेखमा ५, रुपन्देही, स्याङ्जा र सुर्खेतमा ४, ४ जना, नवलपुर, कास्की, सप्तरीमा ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँमा २,२ जना र काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।