समाचार

योमरी पुन्हिको उपलक्ष्यमा त्योछित्यो कार्यक्रम

ओन्डे ल्यायेम्ह पुचःको त्यःछिंत्यः
गए शुक्रबार काठमाडौंको ओन्डे टोलको आयोजनामा त्यःछिंत्यः कार्यक्रम सम्पन्न भयो । दशैमा देउसी खेले झै नेवाः समुदाय योमरि पुन्हिको अवसरमा योमरि माग्न त्यःछिंत्यः खेल्छन् । यसमा त्यछिंत्यःको आफ्नै भाका हुन्छ । साथै विभिन्न सांगीतिक कार्यक्रम गरिन्छ । काठमाडौंको टेकुमा रहेको वन्डे टोल वडा १२मा पर्छ । ओन्दे ल्यायेम्ह पुचःको प्रस्तुति रहेको सो कार्यक्रममा भुतपुर्व राज्यमन्त्री तीर्थराम डंगोलको प्रमुख आतिथ्य थियो । परम्परागत ओन्दे त्वाः खलःका अध्यक्ष पुर्णमान महर्जनको सभापतित्व रहेको सो कार्यक्रममा नारायण परिवार क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्य, ज्यापु सँस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह, ज्यापु महागुथि नेपाःका अध्यक्ष राजभाई जकःमि, १३औं राष्ट्रिय ज्यापु दिवस संयोजक गोविन्द महर्जन, ज्यापु महागुथि नेपाःका महासचिव मचाराजा महर्जन, महिला बौद्ध समुहका अध्यक्ष श्रीमिला सुवाल, मिसा लिधंसा पुचःका अध्यक्ष गंगादेवी डंगोल आदिको आतिथ्य थियो । कार्यक्रममा सागका स्वर्ण विजेता १२ वडावासीलाई सम्मान गरिएको थियो । कराते ६८ केजी स्वर्ण पदक विजेता सुनिता महर्जन र जुडो ७८ केजी स्वर्ण पदक विजेता पुनम श्रेष्ठलाई सम्मान गरिएको थियो । जित्नुहुने दुवैजना तःननीका हुन । अमिना प्रजापति र रुवि डंगोलले संचालन गरेको कार्यक्रममा सांगितिक प्रस्तुति राखिएका थिए ।

समाचार

योमरी पुन्हिको उपलक्ष्यमा त्योछित्यो कार्यक्रम

ओन्डे ल्यायेम्ह पुचःको त्यःछिंत्यः
गए शुक्रबार काठमाडौंको ओन्डे टोलको आयोजनामा त्यःछिंत्यः कार्यक्रम सम्पन्न भयो । दशैमा देउसी खेले झै नेवाः समुदाय योमरि पुन्हिको अवसरमा योमरि माग्न त्यःछिंत्यः खेल्छन् । यसमा त्यछिंत्यःको आफ्नै भाका हुन्छ । साथै विभिन्न सांगीतिक कार्यक्रम गरिन्छ । काठमाडौंको टेकुमा रहेको वन्डे टोल वडा १२मा पर्छ । ओन्दे ल्यायेम्ह पुचःको प्रस्तुति रहेको सो कार्यक्रममा भुतपुर्व राज्यमन्त्री तीर्थराम डंगोलको प्रमुख आतिथ्य थियो । परम्परागत ओन्दे त्वाः खलःका अध्यक्ष पुर्णमान महर्जनको सभापतित्व रहेको सो कार्यक्रममा नारायण परिवार क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्य, ज्यापु सँस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह, ज्यापु महागुथि नेपाःका अध्यक्ष राजभाई जकःमि, १३औं राष्ट्रिय ज्यापु दिवस संयोजक गोविन्द महर्जन, ज्यापु महागुथि नेपाःका महासचिव मचाराजा महर्जन, महिला बौद्ध समुहका अध्यक्ष श्रीमिला सुवाल, मिसा लिधंसा पुचःका अध्यक्ष गंगादेवी डंगोल आदिको आतिथ्य थियो । कार्यक्रममा सागका स्वर्ण विजेता १२ वडावासीलाई सम्मान गरिएको थियो । कराते ६८ केजी स्वर्ण पदक विजेता सुनिता महर्जन र जुडो ७८ केजी स्वर्ण पदक विजेता पुनम श्रेष्ठलाई सम्मान गरिएको थियो । जित्नुहुने दुवैजना तःननीका हुन । अमिना प्रजापति र रुवि डंगोलले संचालन गरेको कार्यक्रममा सांगितिक प्रस्तुति राखिएका थिए ।

बिशेष

तेश्रो पुस्ताद्वारा पहिलो पुस्तालाइ सम्मान

वर्तमान परिवेश र नयाँ पिढीहरुमा बदलिदै गरेको समाजका परिवर्तन तथा संयुक्त परिवार प्रतिको अरुचि ,एकल परिवारको परिकल्पना तथा मोह ।
येसको परिणाम स्वोरुप पहिलो पुस्ता र दोश्रो पुस्ता अर्थात आमा -बुबा र छोरा -छोरी बाहेक तेश्रो पुस्ता अर्थात हजुर आमा -हजुर बुबा र नाति नातिनी सम्म पनि नचिन्ने गरेको आज भोलिको हाम्रो समाजमा येदा-कदा सुन्न पाइन्छ ।
येस्तै येस्तै समस्यालाई मध्यनजर गरि बिगत ३ वर्ष देखि मोर्डन नेवा; इङ्ग्लिश इस्कूलले बाजे -बजै र नाति -नातिनीको सम्बन्ध सुमधुर गर्ने हेतुले बाजे – बजै सम्मान कार्यक्रम अर्थात अजि -अजा हना ज्याझो; को आयोजना गरेको छ ।
नर्सरी कक्षामा अध्यन गर्दै गरेका -साना नानीहरुले आ -आफ्ना बाजे -बजैलाइ खादा वधाई ढोग गरी सम्मान ब्यक्त गरेको हो , यस्का साथै सो इस्कूलका प्रमूख दिपक तुलाधर र प्रिन्सिपल रीमा तुलाधरले हजुर बुबा – हजुर आमालाई उपहार प्रदान गरेको छ ।
येस अघि नानीहरुले नाच -गान गरेर बाजे -बजैहरुलाई मनोरंजन गरायको हो , बाजे -बजैहरुले पनि नाच -गान गरी नानीहरुको हौसला बढाई दियेको छ,कार्यक्रम को रौनक तथा थप मनोरन्जनका लागि बाजे- बजैहरुलाई खेल खेलाई जित्नेहरुलाई पुरुस्कृत पनि गरियको छ ।
मन्तब्यको क्रममा बाजे अमृत नारायण मानन्धरद्वारा सो इस्कूल ले गरेको काम को सहराना गर्नुका साथै इस्कूलका प्रमुख र प्रिन्सिपल लाइ धन्यबाद दिनु भयो , साथै उक्त इस्कूलामा आफ्नो नातिलाई पढाउन पाउदा निकै गर्व महसुस गरेको बताउनु भयो ,उनका अनुसार सबैले आ – आफ्नो तर्फ़ बाट सो इस्कूलामा बिद्यार्थीहरु भर्ना गर्ने तथा अरु अभिभावकहरुलाई सो इस्कूलालाई सहयोग गर्ने बताउनु भयो ।
अन्तमा प्रिन्सिपल बाट कार्यक्रममा आयर हौसला दिनुभायाकोमा धन्यबाद दिनु भयो ,धन्यबाद मन्तब्यकै क्रममा इस्कूलाला प्रमुख दिपक तुलाधरबाटसो इस्कूल र आफुहरुलाई बिस्वास गरी बच्चाहरु पढाइ दिएकोमा आभार प्रकट गर्नु भएको छ ।

समाचार

म्युजिक भिडिओ “छ लुइव हे जीवन”लोकार्पण

बिरज महर्जन को स्वरमा सृस्ति महर्जन र अनुज शाक्य को अभिनित नेपाल भाषाको म्युजिक भिडिओ “छ लुइव हे जीवन ” एक कार्यक्रम का बिच लोकार्पण ।
बहुप्रतिभाशाली निर्देशक रामकृष्ण खड्गीले निर्देशन गरेको उक्त म्युजिक भिडिओ को शब्द लेखन सुरजबिर बज्राचार्य रहेको छ भने संगीतकार जुगल डंगोल हुन् ।
गायक जुजुकाजी रंजित प्रमुख अतिथि रहेको सो कार्यक्रम मा छायाकार तथा सम्पादन सोहन मानन्धर का साथै गायककार बिरज महर्जन का अभिभावकहरुको पनि उपस्थित रहेको छ ।
प्रमुख अतिथि बात बिरज महर्जन को बारेमा चर्चाको क्रम मा ‘निरज एक प्रतिभाशाली कलाकार हो र उहाको सम्भावना धेरै भयको चर्चा गर्नु भयो “सोहि क्रम मा निर्देशक रामकृष्ण खड्गी ले पनि आफुलाई सो गीत मन परेकोले नै आफुले निर्देशन गरेको जिकिर गर्नु भयो ।

समाचार

निष्ठानन्द को सम्झनामा श्रद्धाञ्जली सभा

पद्य गुरु निष्ठानन्द्को सम्झनामा श्रद्धाञ्जली सभाको आयोजनगरियको थियो, उक्त कार्यक्रम निष्ठानन्द गूठी को आयोजना मा भयेको हो। कार्यक्रम मा आउनु भयेका महानुभावहरुले निष्ठानन्दको प्रतिमामा फूलका गुछ्छाका साथै मल्यार्पन गरियको थियोसोही क्रममा प्रा. सुवर्ण शाक्य , साहित्यकार शरद कसा तथा भाषासेवी पबित्र बज्राचार्य ले निष्ठानन्दको योगदान को बारेमा चर्चा गर्नु भयको हो!

समाचार

नेपाल लिपि प्रतियोगिता सम्पन्न

थिलाथ्वो ,बुदवार मंसिर १८ ,गते

नेपालभाषा को माध्यम बाट पठन पाठन हुने पहिलो बिद्यालय जगत सुन्दर ब्वोने कुथि मा,वि , ले बिगत देखि अहिलेसम्म आ फ्नै मातृभाषामा पठन पाठन गर्न चाहने बिद्यार्थी हरुको लागि एक अवसर जुताइदियेको छ ।
यसका अलावा यस बिद्यालय ले अतिरिक्त क्रिया कलापहरु पनि गर्दै आइरहेको छ ।
सोहि क्रममा आज यस ब्वोनेकुथि ले नेपाल लिपि प्रतियोगिताको आयोजना गरेको छ , जम्मा १० बिद्यालयका ३३ छात्र छात्रा ले भाग लिएकोमा प्रथम हिमालय मा वि का सुमन कृष्ण महर्जन तेस्तैगरि द्दितीय जगत सुन्दर ब्वोनेकुथि का कृति नकर्मी तथा तृतीय किरण मगर प्रभात मा वि का हुन् सफल भयका छन् ।
प्रथम , द्दितीय र तृतीय हुने छात्र लाइ प्रमाण पत्र नगद तथा ट्रफी बितरण गरियको थियो भने सो प्रतियोगितामा भाग लिने छात्रछात्रा हरुलाई प्रमाण पत्र वितरण गरियको थियो ।
क्रार्यक्रम मा स्वागत मन्तब्य सोहि बिद्यालयका प्रिन्सिपल सुनिता मानन्धरले दिनु भयको थियो उहाको अनुसार “दोश्रो पटक गरेको यो प्रतियोगिता सफल भकेकोमा खुशी ब्यक्त गर्दै यो सफलतामा आफ्नो मात्र हात नभई सबैको सहयोग रहेको” बताउनु भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि काय बहादुर नेपाली , अतिथिहरु किरण केन रंजित ,उद्देन न्हुसायमि दाता धर्म देवी महर्जन थियो भने , निर्णायक मा नेपाल लिपि गुठीका उपाध्यक्ष्य अनिल स्थापित रहेको सो कार्यक्रमका संयोजक मनिराज मानन्धर रहेको छ ।

समाचार संस्कृति

किलाघ: महोत्सव तथा भिन्तुना सनिल: ११४० हुने

कछालागा द्दितिया २८ बिहिवार

काठमाडौं ,
१८ वडा को आयोजनामा कार्तिक ३० गते  “भिंतुना सनिल – ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव” को आयोजना हुने भएको छ ।.  

भिजिट नेपाल २०२० लाइ लक्षित गरि गरिने उक्त महत्सवमा वडा भरिकै मुर्त र अमुर्त सम्पदा प्रदर्शन गरिने १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार बिगतका बर्षहरुमा पनि यस्तो खालको कार्येक्रम गर्दै आएको र पहिलो बर्ष न्यतपाचो तथा दोश्रो बर्ष भुरुङ्गखेल र यो बर्ष किलागलमा हुने जानकारी पत्रकार सम्मेलन गरि गराउनु भयो ।
वडा भवनमा भएको उक्त सम्मेलनमा, वडा सदस्य हेम शाक्य तथा हिरा शोभा महर्जनको उपस्थित थियो।

राजनीति समाचार हाईलाईट

बसन्तपुर डबलीमा नेपाल सम्बत ११४० को भब्य स्वागत

कछलाथ्व द्वादशी शनिवार २३ कार्तिक

  • राष्ट्रिय सम्बत नेपाल सम्बत 1140

११४० को उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी को आयोजनामा आज बसन्तपुरको डबलीमा शुभकामना आदान प्रदान तुच्चा का साथै सास्कृतिक कार्येक्रम भएको छ ।
कार्यक्रम मा काठमाडौँ महानगर पालिका का प्रमुख मेयर बिध्यासुंदर शाक्य , साम्सद कृष्ण गोपाल श्रेष्ठ , बामदेव गौतम , साम्सद जीवन राम श्रेष्ठ ,साम्सद अष्टलक्ष्मी शाक्य , साम्सद रामेश्वोर फुयाल लगायत पार्टीका शिर्ष तथा न्हुद : राष्ट्रिय समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जन तथा लक्ष्मी दाश मानन्धर जस्ता चर्चित बेक्तित्विहरु अथितिको रुपमा उपस्थित भएको छ । नेता झलनाथ खनाल को प्रमुख आथित्येत्वोमा भएको । कार्यक्रमा सोहि पार्टीका शिर्ष तथा बरिस्ठ नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।तथापि उक्त कार्यक्रममा सर्बसाधारंको पनि उलेखनीय सहभागी रहेको छ ।
कार्यक्रमको रौनकता थप्नका लागि महाकाली नाच तथा सासकिर्तिक कार्यक्रम प्रस्तुत गरियको हो

नेपाल संवत ११४० को उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा शनिबार बसन्तपुरको डबलीमा शुभकामना आदान प्रदान तुच्चाका साथै साँस्कृतिक कार्यक्रम भएको छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर बिध्यासुन्दर शाक्य, सांसद कृष्ण गोपाल श्रेष्ठ, बामदेव गौतम, सांसद जीवनराम श्रेष्ठ, सांसद अष्टलक्ष्मी शाक्य, सांसद रामेश्वर फुयाल लगायत पार्टीका शिर्ष नेता तथा न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जन तथा लक्ष्मी दास मानन्धर आदि व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित भएका थिए । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा सोहि पार्टीका शिर्ष तथा बरिष्ठ नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । तथापि उक्त कार्यक्रममा सर्बसाधारणको पनि उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रममा महाकाली नाचका साथमा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

समाचार संस्कृति हाईलाईट

ताम्राकार समाजद्वारा न्हुदँ ११४० को शुभकामना

कछलाथ्व द्वादशी, शनिबार २३ कार्तिक

ललितपुर – नेपालको मौलिक तथा राष्ट्रिय सम्बत नेपाल सम्बत ११४० को उपलक्ष्यमा ताम्राकार समाजद्वारा आज ताम्राकार भवनमा नव बर्षको शुभकामना आदान प्रदान कार्येक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जनको प्रमुख आतिथ्यमा भएको हो ।
सांंसद पम्फा भुसाल ,सांसद शोभा शाक्य ,न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष रमेश महर्जन लगायत विभिन्न क्षेत्रका ब्येक्तित्वहरु अथितिको रुपमा उपस्थित भएका थिए ।
कार्यक्रममा अथितिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।