समाचार संस्कृति हाईलाईट

ताम्राकार समाजद्वारा न्हुदँ ११४० को शुभकामना

कछलाथ्व द्वादशी, शनिबार २३ कार्तिक

ललितपुर – नेपालको मौलिक तथा राष्ट्रिय सम्बत नेपाल सम्बत ११४० को उपलक्ष्यमा ताम्राकार समाजद्वारा आज ताम्राकार भवनमा नव बर्षको शुभकामना आदान प्रदान कार्येक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जनको प्रमुख आतिथ्यमा भएको हो ।
सांंसद पम्फा भुसाल ,सांसद शोभा शाक्य ,न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष रमेश महर्जन लगायत विभिन्न क्षेत्रका ब्येक्तित्वहरु अथितिको रुपमा उपस्थित भएका थिए ।
कार्यक्रममा अथितिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

आर्थिक प्रवास समाचार हाईलाईट

हिरा ब्यबसायी समिर महर्जनलाई शुभकामना

कछलाथ्व द्वादशी, शनिबार २३ कार्तिक

वोर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका पदाधिकारीद्वारा समिर महर्जनलाइ बधाई तथा शुभकामना दिएका छन् । महर्जन अमेरिकाको १० सफल बिजनेसम्यानमा पर्न सफल भएका थिए । महर्जन WNO अमेरिका च्याप्टरको उपाध्यक्ष समेत हुनुहुन्छ ।
नेवा: देय दबु कार्यालयमा सम्पन्न कार्यक्रममा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य, महासचिव रश्मिला प्रजापति, सचिव रत्न काजी महर्जन, कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ लगायत सदस्यहरुले खादांका साथ नेवारी परम्परागत सगुन पनि दिएका थिए ।
समीर महर्जन न्यूयोर्कमा क्विन्स डाईमण्ड ज्वेलरी स्टोर मार्फत हिरा साथै सुनचांदिको ब्यबसाय गर्दै आईरहेका छन् ।

हाईलाईट

नेवा: पत्रकार रास्ट्रिय दबू : को तेस्रो महाधिवेशन आउदो ३० गते

देशभरिकै नेवा: पत्रकारहरुको रास्ट्रिय संगठन नेवा: पत्रकार रास्ट्रिय दबू : को तेस्रो महाधिवेशन आउदो ३० गते सनिवार हुने ।

                                                                                                                                                                         कछलाथ्वो एकादशी  , कार्तिक २२ गते 
समाचार सिनेजगत

नेपालभाषा स्टार म्युजिक भिडिओ अवार्ड 2019 हुने

नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ काे घाेषणा भएको छ । स्वतन्त्र संसार महर्जनको संसार क्रियशनको आयोजनामा यो अवार्ड हुन लागेको हो। यस अवार्ड कार्यक्रमको फस्ट लूक साथै म्युजिक भिडियो अवार्डमा सहभागिता जनाउनेहरुलाई प्रमाण–पत्र वितरण भएकाे छ । कार्यक्रम प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ फोटो पत्रकार राजभाइ सुवाल, ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको विशेष आतिथ्यता रहेको थियो। अवार्ड कार्यक्रम मंसीर महिनामा हुने भएको छ।

रितिरिवाज / परम्परा समाचार

कथिन चिबर दान

कथिन चिबर दान, दान मध्येको दानकाे रुपमा मानिन्छ । बौद्ध धर्माबलम्बीहरुमा कथिन दान निकै महत्वपुर्ण छ । जुनै पनि बाैद्ध बिहारमा बिहार प्रमुख भन्तेद्वारा वर्षाबास पूर्ण गरेको उपलक्ष्यमा कथिन दान गरिन्छ । कथिन दानमा अष्टपरिकार पनि दान गरिन्छ ।

समाचार हाईलाईट

साहित्यकार अपर्णा प्रधानको अँगेजी, नेपाली र नेपालभाषाका चार कृति विमोचित

साहित्यमा महिला वा पुरुषमा कुनै भिन्नता गर्न नहुनेमा वाङमय शताव्दि पुरुष सत्यमोहन जोशीले बल दिनुभएको छ । साथै शरीरले साथ दिएसम्म आफ्नो कृति र सृजनालाइ निरन्तरता दिन आग्रह गर्नुभएको छ । साहित्यकार अपर्णा प्रधानको चार वटा कृति विमोचन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित जोशीले प्रकाशक कुतः पिकाकलाई विशेष धन्यवाद दिंदै प्रकाशककै प्रेरणाले लेखकलाई हौसला मिलेको बताउनु भयो ।

अतिथिका रुपमा उपस्थित नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वा, नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश, भक्तपुर विकास सहयोग संघका निवर्तमान अध्यक्ष कृष्णलाल प्रधान र प्रमुख अतिथि जोशीले चार पुस्तकको विमोचन गर्नुभएको थियो । प्रधानका जि भम्चा कतांमरि(नेपालभाषा), म र मेरो समय(नेपाली), Time of my life(अँग्रेजी), झीगु साहित्यय् मथुरा साय्मि(नेपालभाषा) गरी चार पुस्तक आज विमोचन भएका छन ।

विमाचित पुस्तकका बारेमा साहित्यकार मथुरा साय्मि, समालोचक पुर्ण ताम्राकार, यज्ञरत्न धाख्वा, नेपालभाषा केन्द्रिय विभागका पुर्व अध्यक्ष डा. सुन्दर कृष्ण जोशी, कथाकार हितकरवीरसिंह कंसाकार, कृष्णलाल प्रधान आदिले लेखक र कृतिको बारेमा चर्चा गर्नुभएको थियो ।