समाचार साहित्य

आज महाकवि सिद्दिदास महाजु (अमात्य )को १५३औ जन्मजयन्ती

काठमाडौँ।नेपाल भाषाका पेङ्ग था; अर्थात् चार खम्बाका रुपमा चिनिएका चार व्यक्तित्वहरु योगविर सिङ्ग कसा:, मास्टर जगत सुन्दर मल्ल ,निष्ठानन्द बज्राचार्य र सिद्दिदास महाजु(अमात्य) हुन।

यिनै चार व्यक्तित्वहरुले नै नेपाल भाषा साहित्यमा आ- आफ्नो क्षेत्रबाट अतुलनिय योगदान दिएका थिए।

महाकवि सिद्दिदासा महाजुले १५० बर्ष अगाडी तत्कालिन निरंकुस राणा शासनको बेला नेपालमा एउटा मात्र भाषालाई प्राथमिकता दिएको र नेपाल भाषा लेख्ने पढने व्यक्तिलाइ समात्ने त्यो बेला पटक पटकको जेल जिवन बिताएरका उनि नेपाल भाषाका पुस्तक आफ्नै हातले लेखेर भारतको बनारससम्म गइ नेपाल भाषामा पुस्तकलाई छपाई सम्म गरि त्यो समयमा पनि नेपाल भाषा र साहित्यमा अतुलनिय योगदान दिनु भएको थियो ।

उहाको त्यहि योगदानको कदर गर्दै सिद्दिदास स्मृति समाजको पहलमा र काठमाडौँ महानगर पालिकाको सहयोगमा उहाको शालिक काठमाडौँको भोटाहिटीमा २०७२ सालमा प्रतिस्थापन गर्न सफल भएको छ।

नेपाल भाषाका विभिन्न खल: पुच:का साथै सिद्दिदास स्मृति समाजले हरेक बर्ष निरन्तर उक्त स्थानमा बिहान श्रदान्जली तथा माल्यार्पण कार्यक्रम र साझमा शालिकको वरिपरि दिप प्रज्वलन गर्ने गरेको छ ।

यो बर्ष कोभिड-१९ को संक्रमणको जोखिमपूर्ण बातावरणको कारण सिद्दिदास स्मृति समाजले सिमित मानिसहरुको उपस्थितिमा साधारण तरिकाले आज शुक्रबार बिहान श्रदान्जली तथा साझ दिप प्रज्वलन गरेको छ।

साहित्य हाईलाईट

तथागत बुद्ध

सुधीर ख्वबि

थुक्क काठमाडौ  
साला काठमाडौ  
खत्तम छ काठमाडौ  
काठमाडौको छातिमा टेकेर  
केही खलपात्रहरू  
आफैले थुकेका थुक चाटेर  
विष वमन गरिरहेका छन्। 
काठमाडौ यतिखेर 
महादान गर्दैछ 
भोका पेटहरुका लागि 
तर अपसोच 
भरिएपछी ती 
भोका पेटहरुले नै 
सहिष्णुतालाई लात हानेर 
मानवियता जिर्ण बनाएर 
सदभावनाको खिल्ली 
उडाईरहेका छन् । 
काठमाडौ यतिखेर 
आफ्नो छानोमा बर्साइन थालेको 
अराजक ढुंगा खेपेर बसेको छ 
र केही किस्नेहरु 
पानी धमिलो पार्ने कुचेष्टामा लीन भएर 
माछा मार्ने लोभमा 
आफै नांगिएर टेलिभिजनको पर्दामा 
आफ्नो दुर्नियतको नाटक देखाइरहेको छ । 
काठमाडौ 
झरिमा ओत दिन्छ 
भोकप्यासमा तृप्ति दिन्छ 
आँगमा इज्जत दिन्छ 
बदलामा गाली खान्छ 
र, 
गाली खाएर पनि 
स्वागत गरिरहन्छ 
तथाकथित कविहरुलाई 
विद्यानष्ट विद्वानहरुलाई 
अराजक भीडहरुलाई 
अवसरवादी सोचहरुलाई । 
तर नबुझेको कुरो 
यति गाली खाएर पनि 
यतिका लाँछना खपेर पनि 
काठमाडौ कसरी शान्त छ ? 
काठमाडौं किन संयमित छ ? 
ती विषालु सोचहरुलाई के थाहा 
ती अराजक मनहरुलाई के थाहा 
ती निकृष्ट स्वार्थभावहरुलाई के थाहा 
काठमाडौ हुन त 
हलाहल पियर शिव हुनुपर्छ 
सभ्य हुनुपर्छ, शालीन हुनुपर्छ 
मानविय हुनुपर्छ, तथागत हुनुपर्छ, 
बुद्ध हुनुपर्छ ।   
समाचार साहित्य हाईलाईट

भव्य समारोहमा सम्बन्ध सुत्र पुस्तक सार्वजनिक

नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने बाताबरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ”सम्बन्ध सूत्र” संयुक्त हाइकु सङ्ग्रह लोकार्पण भएकाे छ ।

१७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ । पूर्वाञ्चल हाइकु सङ्घबाट प्रकाशित भएको उक्त पुस्तकमा १,५७२ वटा हाइकुहरू समावेश रहेको छ । बेलबारी नगरपालिकाको तर्फबाट र ढाका पराजुली बेलबारी नगरपालिका उपप्रमुखबाट साहित्य र संस्कृति प्रति यसरी पुस्तक प्रकाशित भएकोमा पुस्तकको भूमिकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कवि, गीतकार, साहित्यकार, गायक एवं हाइकुकार सुरेन्द्र महर्जन”अमर” लगायत समारोहमा पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकाली, वरिष्ठ साहित्यकार मिश्र वैजयन्ती, चेतनाथ धमला, धनकुटे कान्छा, पून्यप्रसाद खरेलबाट सार्गर्भित मन्तव्य सहित हाइकु बाचन गर्नु भयो । कार्यक्रम संचालन हेमसागर पोखरेलले गरेको थियो भने हाइकु बाचन ईरान राई, सुमी लोहनी, जे बि. थुलुङ्ग, डा. लोकराज पराजुली, डा. चूडा ढकाल, प्रा. जगत उपाध्याय ‘प्रेक्षित’, रेखा सुवेदी, रामप्रकाश अर्याल ”अविराम”, रमेश निरौला, रामबाबु दाहाल, नारायण कार्की, लक्ष्मी श्रेष्ठ, खगेन्द्र बस्याल, भीम कुमारी राई, लगायत पुस्तकमा समावेश हाइकुकारहरूबाट हाइकु वाचन गरिएको थियो । कार्यक्रम तिला लेकालीको सभापतित्वमा संचालन भएको थियो । ११६ जना हाइकुकारहरूको रचना सार्वजनिक उक्त ”सम्बन्ध सुत्र” (हाइकु सङ्ग्रह) पुस्तकभित्र रहेको छ ।