काठमाडौँ।तिहारको आगमंसंगे केहि दिन यतादेखि बजारमा देखिएको भिड तिहारको लागि चाहिने सामग्री किनमेलका लागि असन लगायतका बजारहरुमा निक्कै चहलपहल देखिएको छ।
बजारमा किनमेल गर्न आएका सर्बसाधारण अनुसार गत बर्षको तुलनामा यो बर्ष तिहारको पूजाका समग्रिदेखी अन्य बिबिध अत्यावश्यक सामग्रीको पनि अति महँगो भएको जानकारी गराएका छन्।
पहिला नै लकदाउन मार खेपिरहेका सर्वसाधारण उपभोक्ताहरु यो बर्षको तिहारको किनमेलमा बजार भाउ आकासिदै गएको बताएका छन्।
फोटो : आकास बज्राचार्य
अनुप प्रधान
राजधानीकाे टेकुमा रोडमा हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको संयुक्त सहकार्यमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नयाँ शोरुमको सञ्चालनसंगै नेपालमा पहिलो पटक इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरु एउटै छानामुनि पाउने अवसर प्राप्त हुने जानकारी दिदै हाम्रो निर्माण सेवाका सेल्स डिपामेन्ट अफिसर रवि विष्टले समाग्री खरिदका लागि अनलाइन सेवा समेत सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।

शोरुममा INGCO power tools, Armature ,Quick connector, High Pressure Washer, Watt Heat Gun, Watt Air Compressor ,Circular Saw , Angle Grinder , Marble Cutter,Cordless impact wrench drill machine,drill bet लगायतका यावत हार्डवेयर समाग्री उपलब्ध रहेको जानकारी दिनुभयो । शोरुमकाे काठमाडौ महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष विकास डंगोलले उद्घाटन गर्नु भएको हो ।



काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गर्नुभएको हो ।
उहाँले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।
काठमाडौँ महानगरपालिकाले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो ।
सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलब २२ प्रतिशत हो । त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।
जुन कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार बिनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलब ६८ प्रतिशत हो ।
काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये अन्तरिक श्रोतबाट कुल रु ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो । त्यसैगरी बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जुन कूल आम्दानीको ३७ दशमलब ५० प्रतिशत हो । कुल आम्दानीमा नपुग हुने रकम रु ३ अरब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कूल आम्दानीको २१ दशमलब ३० प्रतिशत हो ।

महानगरपालिकाको आन्दानी प्रक्षेपण यस्तो छ
आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । जस अन्तर्रगत प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ । त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ ।
कोभिड–१९ को असर र रोकथाम न्युनिकरणलाई प्राथमिकता
कोभिड–१९ ण्को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।
महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।
सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रबिधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट बिनियोजन गरेको छ ।
गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड त्यसैगरी काठमाडौँ
महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ । ‘महानगरबाट संचालित बिकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले भन्नुभयो, ‘हामीबाट संचालित बिकासका गतिबिधीहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पुरा गर्न हामी जनप्रतिनिधी,सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन ।’
कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट
काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७÷०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । ‘घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ आज प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ, सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’
होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा भारी छुट
महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएकाअसरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६÷७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७÷७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने जानकारी दिएको छ । २०७७ पुस मसान्ता भित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ ।
बार्षिक बहाल करमा १० प्रतिसत छुट
काठमाडौँ महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरबासीहरुलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६÷७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ । ‘तर, आर्थिक बर्ष २०७६÷७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतकोबहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७÷७८ मा बुझाउनुपर्ने बाषर््िाक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।
व्यवसाय करमा ५० प्रतिसतसम्म छुट
त्यसैगरी काठमाडौँ महनगरपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।
महानगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।
होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुइतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।
त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात ब्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, टे«किङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, बैदेशिक रोजगार संपर्क व्यवसाय, डान्स टे«निङ्ग सेन्टर, संगित सम्वन्धि सेवा प्रदान गर्ने व्यावसायलगायत पर्दछन् ।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिका वडा नं १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठबाट शिलान्यास भएको छ ।

बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आ.व २०७६ र ७७ बाट बिनियोजित रकम रु.५१,५२,३९४.२७ र उपभोक्ता मार्फत रु.२,५७,६१९.७१ योगदान भएको छ । यस बृजको कुल लागत इष्टिमेट ८०१०८०२ भएकोमा यो आ.व २०७६ र ७७ मा बिनियोजित रकम मा नपुग रकम क्रमागत योजनामा आ.व २०७७ र ७८ को बजेटबाट बिनियोजन गरी पुरा गर्ने छ ।

माननीय जीवनराम श्रेष्ठले काठमाडौं पैडल हिड्ने यात्रु मैत्री सडक र सहर बिकास को आबश्यकता रहेको हुंडा यस ठाउँमा अत्यधिक संख्यामा पैडल यात्रुको चाप भएको र समय समयमा दुर्घटना भईरहेको हुंदा यो बृज निर्माण को योजना राखेको बताउनुभयो। यस बृजले कामपा १५ र १९ का स्थानीय बासिन्दा र स्कुलका बिध्यार्थिहरू प्रत्यक्ष लाभान्वितहुने बिश्वास ब्यक्त गर्नु भयो।

उक्त कार्यक्रममा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, कामपा शहरी योजना आयोगका सदस्य मन राजा रंजित, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितीका अध्यक्ष अमृत रत्न डंगोल, सचिब राकेश मान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सयलाई निशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निशुल्क एम्बुलेन्सले लकडाउन अवधीभरमा एकतर्फी करीब तीन हजार र दुईतर्फी करीब ४ हजार पाँच सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई २४ सै घण्टा आकस्मिक निशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरेको जानकारी दिनुभयो । ‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएका हौँ,’ प्रमुख शाक्यले भन्नुभयो । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न पनि आग्रह गरेको थियो । सो हटलाइनमा लकडाउन अवधीभर ६ हजार बढीले सम्पर्क गरेका थिए ।
एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो । काठमाडौँ महानगरपालिकाले मुख्य गरेर डाइलोसि गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सबाट लकडाउन अवधीभर सेवा दिएको हो । एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता सहित सेवा प्रदान गरेको बताउनुभयो । चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उहाँको भनाई छ । सुरुमा बैशाख १ बाट एक महिनाका लागि सो संस्थासँग सम्झौता भएको थियो । पछि पुनः लकडाउन लम्बिएकाले एक महिना समय थप भएको हो ।
काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्य दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिनुभयो । ‘हामीले लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘अहिले लकडाउन खुकुलो भएको छ भने सवारी पनि चल्न थालेका छन् । यसलाई समेत मध्यनजर गर्दै महानगरपालिकाले उपलब्ध गराउँदै आएको निशुल्क एम्बुलेन्स सेवा तत्कालका लागि स्थगन गरेका हौँ ।’
काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरुलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई (१०२) लाई तयारी अवस्थामा राखेको छ ।
काठमाडौँ । कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा आदन–प्रदान गर्दै समस्या समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ । कोरानाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । गत जेठ १३ गते इजरायल स्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र ईजरायलका चिकित्सकहरुबीच नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद भएको थियो ।
‘नेपालमा पछिल्लो सयम फैलिदो क्रममा रहेको कोरोना संक्रमण र त्यसबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि सहयोग आदन–प्रदान गर्ने उदेश्यले यो योजना गठन गरेको हो,’ राजदूत शाक्यले भन्नुभयो, ‘ईजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा ईजरायलको अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने अपेक्षा हामीले लिएका छौँ ।’ यो समितिमा दुबै देशका विशेषज्ञ डाक्टरहरु तथा विज्ञहरुको आ–आफ्नै समिति बनाएको दूतावासले जानकारी दिएको छ । ‘ती समितिबीच एक आपसमा सम्पर्क गरी नेपालको कोरोना उपचार एवं आइसोलेसन व्यवस्थापनमा सहयोग गर्ने उदेश्य लिइएको छ,’ शाक्यले भन्नुभयो, ‘दुबै पक्षले एक अर्काको ज्ञान र अनुभवबाट सिक्ने वातावरण बन्ने पनि अपेक्षा गरेका छौँ । अहिले निरन्तर रुपमा इमेलमार्फत आपसी छलफल तथा अनुभव आदान–प्रदान गरिरहेका छौँ ।’

शाक्यका अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभाग महानिर्देशक दिपेन्द्र रमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीम प्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा. शैलेन्द्र श्रेष्ठ, नेपाल आर्मी अस्पतालका डा. अरुण न्यौपाने, डा.सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा. आशिष दत्त, पाटन अस्पतालका डा. आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. सन्त कुमार दास हुनुहुन्छ । नेपाल पक्षको संयोजकमा काठमाडौं विश्वविद्यालयका डा. विराज कर्माचार्य हुनहुन्छ । त्यस्तै इजरायलको तर्फबाट भौगोलिक र उष्ण प्रदेशीय केन्द्रका प्राध्यापक एली स्वार्य, आन्तरिक संक्रामक रोग र औषधीका विशेषज्ञ मिक एल्केन, इपिडियोमोलोजी तथा पब्लिक हेल्थका प्राध्यापक नदेव ड्याभिडोविच , बालचिकित्सक असर मोइजर रहनु भएको छ । इजरायली पक्षको संयोजनकर्तामा डाक्टर एडा गन्सच् रहनु भएको छ । यो कार्यका लागि नेपाल स्थित इजरायली राजदूतावासका राजदूत पनि सहभागी हुनुहुनेछ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार इजरायलमा अहिलेसम्म १८ हजार २ सय ६८ संक्रमित भएका छन् भने १ सय ७९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म इजरायलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ९९ छ ।
राजदूत शाक्यका अनुसार योसँगै नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ । ती सम्झौताहरु कोरोनाको महामारी न्यून भएपछि कार्यान्वय हुनेगरी अघि बढाउने तयारी छ ।
२९ जेठ, सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । तर कहिले देखि के के खोल्न पाइने भन्ने सुचना आज सार्वजनिक हुनेछ ।
काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ । यसबारे आज सरकारले विस्तृत जानकारी दिनेछ । विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् ।
सरकारले चैत १० बाट अन्तराष्ट्रिय सीमा नाकामा आवागमन रोकेर ११ गतेबाट लकडाउन लागु गरेको थियो । लकडाउन जेठ ३२ सम्म कायम छ । लकडाउन भएपनि सरकारको कुनै मोडालिटि नभएकाले व्यापारीहरुले स्वतस्फुर्त रुपमा पसल खोलेका छन् ।
काठमाडौंको न्यूरोडका व्यवसायी हिजो विरोधमा उत्रेका थिए भने सरकारले मोडालिटि परिवर्तन नगरे आन्दोलनमा जाने अल्टिमेटम दिएका थिए । चौतर्फी दबाब परेको सरकारले अन्तत मोडालिटि परिवर्तन गर्न लागेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँकोे बजेट सार्वजनिक गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने भएको छ । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।
काेराेना भाइरसकाे संक्रमण हुन नदिन सरकारले दिएकाे निर्देशन अनुसार व्यापारिक मलहरु आइतबारदेखि बन्द भएका छन् । तर न्सयूराेडकाे ताम्राकार कम्प्लेक्स भने खुल्ला हुने बताएका छन् । भाइरसकाे संक्रमण तिव्र गर्ने तत्वकाे रुपमा माेबाइललाई पनि लिइन्छ । तर जाेखिमका बिच खाेल्ने कम्प्लेक्सले जनाएकाे छ । यस विषयमा नेपाल प्रहरी जनसेवाले दिउँसाे ४ बजेका लागि वैठक राखेकाे स्राेतले बताएकाे छ ।
काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टरलगायतका मलहरु भने बन्द भएका हुन् ।
कामपा १७ वडाको इन्द्रायणी मन्दिर परिसरको सतलको सिलान्यास सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य साथै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सामुहिकरुपमा सतलको जग राख्नुभयो ।
इन्द्रायणी परिसर गुरुयोजना निर्माण सहयोग तथा अनुगमन उपसमितिको आयोजनामा सिलान्यास भएको हो । आफुहरुपनि काम नगर्ने र महानगरपालिकाले गर्दै आइरहेको कामको आलोचना गर्न केहि सम्पदाप्रेमि सक्रिय देखिएको मेयर शाक्यले गुनासो राख्नुभयो । विरोध गर्न भन्दा आफैले केहि गरि देखाउन उहाँले आग्रह गर्नुभएको छ ।
बागमती प्रदेशका सांसद बसन्त मानन्धरले बिष्णुमती नदि सफा गर्न पहिल फोहोर नदिमा नफाल्न आग्रह गर्नुभयो ।
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले यस सतलको पुनर्निमाणले अन्तिम संस्कारका लागि आउने आफन्तलाई सहज हुने बताउनुभयो ।
प्रेम पुजारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा १७ वडाका वडा अध्यक्ष नविन मानन्धर, छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) का उपाध्यक्ष कुमार मानन्धर अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।
२०७७ साल मंसिर सम्म निर्माण समापन हुने सतलको लागत १ करोड १७ लाख ४ हजार १७९ अनुमान गरिएको छ ।