काठमाडौँ । कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा आदन–प्रदान गर्दै समस्या समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ । कोरानाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । गत जेठ १३ गते इजरायल स्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र ईजरायलका चिकित्सकहरुबीच नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद भएको थियो ।
‘नेपालमा पछिल्लो सयम फैलिदो क्रममा रहेको कोरोना संक्रमण र त्यसबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि सहयोग आदन–प्रदान गर्ने उदेश्यले यो योजना गठन गरेको हो,’ राजदूत शाक्यले भन्नुभयो, ‘ईजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा ईजरायलको अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने अपेक्षा हामीले लिएका छौँ ।’ यो समितिमा दुबै देशका विशेषज्ञ डाक्टरहरु तथा विज्ञहरुको आ–आफ्नै समिति बनाएको दूतावासले जानकारी दिएको छ । ‘ती समितिबीच एक आपसमा सम्पर्क गरी नेपालको कोरोना उपचार एवं आइसोलेसन व्यवस्थापनमा सहयोग गर्ने उदेश्य लिइएको छ,’ शाक्यले भन्नुभयो, ‘दुबै पक्षले एक अर्काको ज्ञान र अनुभवबाट सिक्ने वातावरण बन्ने पनि अपेक्षा गरेका छौँ । अहिले निरन्तर रुपमा इमेलमार्फत आपसी छलफल तथा अनुभव आदान–प्रदान गरिरहेका छौँ ।’

शाक्यका अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभाग महानिर्देशक दिपेन्द्र रमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीम प्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा. शैलेन्द्र श्रेष्ठ, नेपाल आर्मी अस्पतालका डा. अरुण न्यौपाने, डा.सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा. आशिष दत्त, पाटन अस्पतालका डा. आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. सन्त कुमार दास हुनुहुन्छ । नेपाल पक्षको संयोजकमा काठमाडौं विश्वविद्यालयका डा. विराज कर्माचार्य हुनहुन्छ । त्यस्तै इजरायलको तर्फबाट भौगोलिक र उष्ण प्रदेशीय केन्द्रका प्राध्यापक एली स्वार्य, आन्तरिक संक्रामक रोग र औषधीका विशेषज्ञ मिक एल्केन, इपिडियोमोलोजी तथा पब्लिक हेल्थका प्राध्यापक नदेव ड्याभिडोविच , बालचिकित्सक असर मोइजर रहनु भएको छ । इजरायली पक्षको संयोजनकर्तामा डाक्टर एडा गन्सच् रहनु भएको छ । यो कार्यका लागि नेपाल स्थित इजरायली राजदूतावासका राजदूत पनि सहभागी हुनुहुनेछ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार इजरायलमा अहिलेसम्म १८ हजार २ सय ६८ संक्रमित भएका छन् भने १ सय ७९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म इजरायलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ९९ छ ।
राजदूत शाक्यका अनुसार योसँगै नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ । ती सम्झौताहरु कोरोनाको महामारी न्यून भएपछि कार्यान्वय हुनेगरी अघि बढाउने तयारी छ ।
इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’
इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित गरिएको छ । ‘द एम्बेसडर क्लब अफ इजरायल’ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली राजदूत डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ घोषणा गरेको हो ।
९० वटा देशका राजदुतहरुलाई पछि पार्दै सो सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित हुनुभएको हो । ९० वटै देशका राजदूतले डा.शाक्यको पक्षमा मत जाहेर गरेका थिए । डा.शाक्य यो सम्मानबाट सम्मानिन हुने एसियाली मुलुककै पहिलो राजदूत बन्न सफल हुनुभएको छ । यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा लिएको राजदूत डा. शाक्यले बताउनुभयो ।
यो सम्मानले नेपाल र नेपालीको शीर उच्च बनाएको भन्दै सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई धन्यवाद दिनुभयो । ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,’ डा.शाक्यले बताउनु भयो, ‘ मेरो योग्यता र क्षमताले भ्याएसम्म नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गरिरहने छु ।’
विसं.२०७५ फागुन ३ गते राजदूत नियुक्त हुनुभएको डा.शाक्यले राजदूतको कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान दिनु भएको छ । राजदूत डा.शाक्यलाई उक्त सम्मानबाट सम्मान घोषणा गर्ने कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकुल अवस्थामा पनि सवै देशका राजदूतहरु कार्यक्रममा सहभागी भएकोमा धन्यवाद व्यक्त गरेका थिए।
मध्यपूर्व तथा खाडी देशमा अवस्थित नेपाली राजदूतहरुले आफ्नो एक महिनाको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।
इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन, यूएई र साउदी अरबमा खटिएका ९ राजदूतहरुले शनिबार संयुक्त रुपमा निर्णय गरेका हुन । इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, इजिप्टका लागि झविन्द्रप्रशाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कतारका लागि नारदनाथ भारद्वज, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, यूएईका लागि कृष्ण प्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गरेका हुन् ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको वेलायतमा मृत्यु भएको पुष्टि भएको हो ।
संखुवासभा घर भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए । उनको मृत्यु गत चैत ४ मा लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो ।
लिलाबहादुर ब्रिटिस गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सन् २००८ मा वेलायत बसाई सरेका थिए । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।
मृत्युको कारण कोभिड १९ भएको जानकारी भने अस्पतालले गत शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।
कछलाथ्व द्वादशी, शनिबार २३ कार्तिक
वोर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका पदाधिकारीद्वारा समिर महर्जनलाइ बधाई तथा शुभकामना दिएका छन् । महर्जन अमेरिकाको १० सफल बिजनेसम्यानमा पर्न सफल भएका थिए । महर्जन WNO अमेरिका च्याप्टरको उपाध्यक्ष समेत हुनुहुन्छ ।
नेवा: देय दबु कार्यालयमा सम्पन्न कार्यक्रममा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य, महासचिव रश्मिला प्रजापति, सचिव रत्न काजी महर्जन, कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ लगायत सदस्यहरुले खादांका साथ नेवारी परम्परागत सगुन पनि दिएका थिए ।
समीर महर्जन न्यूयोर्कमा क्विन्स डाईमण्ड ज्वेलरी स्टोर मार्फत हिरा साथै सुनचांदिको ब्यबसाय गर्दै आईरहेका छन् ।

युएई– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । विश्व उर्जा सम्मेलनमा भाग लिन अब्बुधावी पुगेका मन्त्री पुनले नेपाली राजदूतावासमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरे ।
‘अहिले लगानीको लागी नेपालमा उपयुक्त वातावरण बनेको छ, सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको छ, तपाईहरुले पनि यसमा लगानी गरेर प्रतिफल लिनुहोस,’ मन्त्री पुनले भने ।
विदेशमा रहेका नेपालीलाई लक्षित गरेर उर्जामन्त्रालयले रेमिट हाईड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिदैं मन्त्री पुनले त्यसमा पनि लगानी गर्न आग्रह गरे । सम्पुुर्ण जनतालाई जलविद्युतसंग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम समेत संचालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुन सबै नेपाली समूदायलाई आग्रह गरे ।
मन्त्री पुनले युएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा धन्यवाद दिदै यहां सिकेको ज्ञान र अनुुभव समेत लिएर देश फर्कन आग्रह गरे ।
उहांले फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपर्ने भन्दै देशको हित सोच्नु सबै सचेत नागरिकको पहिलो कर्तव्य भएको बताए । ‘हाम्रो विचार,आस्था र सोच फरक हुनसक्छ, तर पहिलो कुरा देश हो । विकास र समृद्धि सवै विचार बोक्ने नागरिकलाई चाहिएको छ । त्यसैले हामि सबै मिलेर गरीवी र पछौटेपनविरुद्ध मिलेर लडौ,’ मन्त्री पुनले भने ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले सरकारले पहिलो वर्ष नितिगत काममा ध्यान दिएको भन्दै यो वर्ष कामले गति लिने दावी गरे ।
सरकारले भ्रमण वर्ष २०२० संचालन गर्ने तयारी गरेको जानकारी दिंदै मन्त्री पुनले २० लाख पर्यटक भित्रयाउन सरकारले पुर्वाधारको तयारी गरिरहेको बताए ।
फार्नबरो (युके) । क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको बार्षिक साधारणसभा तथा चौथो महाधिवेशन शनिबार २२ जुन २०१९ का दिन ग्रेन्ज कम्युनिटी जुनियर स्कूलको हल फार्नबरोमा सम्पन्न भएको छ। सो संस्थाको अध्यक्ष बसन्त गुरुङको अध्यक्षतामा बसेको साधारणसभा तथा चौथो महाधिवेशन २०१९ मा संस्थापक अध्यक्ष मेजर चित्रराज लिम्बु एमभओ एमबिई र पूर्वअध्यक्ष मेजर भलामान राई लगायत एसोसिएसनका थुप्रै जेष्ठ, आजिवन तथा साधारण सदस्यहरु परिवारसहित उपस्थित थिए ।
तीन चरणमा विभाजन गरी महासचिव प्रकाश रावतले संचालन गरेको साधारणसभा तथा चौथो महाअधिबेशनको आरम्भमा एसोसिएसनका दिवङ्गत स्वर्गीय निरबहादुर राई र स्वर्गीय जित पुनको सम्झनामा दुई मिनेट मौन धारण गरेको थियो । पहिलो चरणको बार्षिक साधारणसभामा अध्यक्ष बसन्त गुरुङले स्वागत मन्तब्य राखेपछि महासचिब प्रकाश रावतले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति विवरण र कोषाध्यक्ष गञ्ज तामाङले आर्थिक प्रतिबेदन निर्णयार्थ प्रस्तुत गरेर सर्बसम्मतिबाट अनुमोदन गरेका थिए ।
यसैगरी साधारणसभामा पूर्वअध्यक्ष मेजर भलामान राई र अध्यक्ष बसन्त गुरुङले निर्णयार्थ प्रस्तुत गरेको संस्थाको नयाँ बिधानबारे छलफल गरी केही परिमार्जनसहित सर्बसम्मतिबाट पारित तथा अनुमोदन गरिएको थियो ।
सौहाद्रपूर्ण रुपमा संचालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने क्रममा सबैले एसोसिएसनको सर्बोपरि हित र भावी कार्यक्रमहरुका निम्ति सकारात्मक सुझावहरु दिँदै हालसम्म भइरहेका कामहरुमा खुशी प्रकट गर्दै तेस्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।
पहिलो चरण कार्यक्रमको अन्तमा सदस्यहरुको बोल्ने समयमा उठेका केही बिषयहरुको बुँदागत छलफल र निर्णय गरेपछि अध्यक्ष बसन्त गुरुङले सभामा उपस्थित सबै सदस्यहरुलाई आभार प्रकट गर्दै धन्यबाद मन्तब्य राखेर तेस्रो कार्यसमितिको कार्यकाल तथा पदावधि समाप्त भएको घोषणा गरेका थिए।
अध्यक्षमा बसन्त
वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनको दोस्रो चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युके चौथो कार्य समिति निर्बाचन कार्यक्रम रहेको थियो। पूर्बअध्यक्ष मेजर भलमान राई, मेजर चित्रराज लिम्बु र पूर्ब रेजिमेन्टल सार्जन्ट मेजर शिवशरण गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समितिले दोस्रो चरणको कार्यक्रममा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको निर्बाचन समिति २०१९ बाट प्रकाशित आचार संहिता र कार्यतालिका अनुरुप सम्पूर्ण निर्बाचन प्रक्रिया पूरा गरी सर्वसम्मतिबाट चौथो नयाँ कार्यसमिति गठनको परिणाम घोषणा गरेका थिए ।
निर्बाचन समितिको अध्यक्ष मेजर भलामान राईको अध्यक्षतामा निर्बाचन समितिका सचिब शिबशरण गुरुङले संचालन गरेको निर्बाचन समिति र चौथो महाअधिबेसनमा सर्बसम्मतिबाट बसन्त गुरुङको नेतृत्वमा रहेको तेस्रो कार्यसमितिलाईनै पुनः तीन वर्षको एक कार्यकाल थपेर क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको चौथो कार्य समितिको गठन गरेको छ।
चौथो कार्य समितिमा उपाध्यक्षमा लेप्टेनेन्ट मेख बहादुर गुरुङ, महासचिबमा प्रकाश रावत, सचिबमा किरण गुरुङ, कोषाध्यक्षमा गन्ज तामाङ, सह कोषाध्यक्षमा नारायण गुरुङ, मिडिया तथा जनसम्पर्क अधिकारीमा मुकेस राई र क्षेत्रीय प्रतिनिधिमा मित्र बहादुर गुरुङ पुनः निर्बाचित भएका छन्।
निर्बाचनको परिणाम घोषणापश्चान निर्वाचन समितिका सचिब शिवशरण गुरुङले चौथो कार्य समिति निर्बाचन २०१९ कार्यक्रममा उत्साहजनकरुपमा सहभागी बन्दै क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको निर्बाचन २०१९ भव्य सफल बनाई दिएकोमा अभार प्रकट गर्दै सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए ।
यसैगरी पूर्बअध्यक्ष तथा निर्बाचन समितिका अध्यक्षद्वय मेजर भलामान राई र मेजर चित्रराज लिम्बु एमभओ एमबिईले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको बार्षिक भेटघाट तथा क्युओजिएलआर ६१औ जन्म दिवस सेलेब्रेसन कार्यक्रम रहेको थियो ।
चौथो महाअधिबेसनको साधारणसभापछि भव्यताकासाथ सम्पन्न वार्षिक भेटघाट कार्यक्रम एसोसिएसनको सदस्यहरु तथा परिवारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा रेजिमेन्टका बहालवाला कमान्डर क्युओजिएलआर लेप्टनेन्ट कर्णेल वेष्ट, गोर्खा मेजर मेजर चक्रबहादुर क्षेत्री र रेजिमेन्टल सार्जन मेजर प्रकाश गुरुङ विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।
यसैगरी रेजिमेन्टल एसोसिएसनबाट पनि रेजिमेन्टका पूर्वकमान्डरहरु तथा अफिसरहरुमा लेप्टेनेन्ट कर्णेल ब्रिजर ओबिई, लेप्टेनेन्ट कर्णेल गिलहाम, लेप्टेनेन्ट कर्णेल मेकालिष्टर र लेप्टेनेन्ट ग्रिन अतिथिको रुपमा उपस्थित थिए। सबै अतिथिहरुलाई एसोसिएसनका अध्यक्ष बसन्त गुरुङ, उपाध्यक्ष लेप्टेनेन्ट मेख बहादुर गुरुङ र महासचिब प्रकाश रावतले खादा लगाई कार्यक्रममा हार्दिक स्वागत गरेका थिए।
मलेसिया । मलेसियाको एक कम्पनीले दुई महिनादेखि तलब नदिएपछि नेपाली कामदारहरु हड्तालमा उत्रिएका छन् ।
मलेसियाको डब्लुआरपी एसिया प्यासिफिक ग्लोभ कम्पनीमा दुई महिनादेखि काम गरेको तलब नपाएपछि आजदेखि नेपालीसहित विभिन्न देशका श्रमिकहरुले काम छोडर हड्तालमा उत्रिएका हुन् ।
दुई महिनादेखिको तलब रोकिएको, अघिल्लो महिना पाँच सय मलेसियन रिङ्गिट दिएका थिए । यो महिना खानका लागि मात्रै मलेसियन रिङ्गिट एक सय दिए । दिनदिनै स्थिति नाजुक बन्दै गएपछि सबै मजदुर काम छाडेर पुनः हडतालमा उत्रिएको सल्यानका महेन्द्र मगरले बताए ।
छ महिनाअघि पनि तीन महिनासम्मको तलब रोकिएपछि कामदारहरु कम्पनीविरुद्ध हडताल उत्रिनु परेको थियो।
हडतालपछि नेपाली दूतावास, बंगलादेशी दूतावास र कम्पनीको सामूहिक बैठक बसेको थियो । बैठकपछि रोकिएको तलब दिने र अबदेखि समयमै तलब दिने सहमतिपछि श्रमिकहरु काम फर्किएका थिए ।
सो कम्पनीमा दुई हजार नेपालीहरु हड्तालमा उत्रिएको थियो । कम्पनीले तीन महिनादेखि तलब रोकेको, अतिरिक्त समय काम गरेको रकम पनि नदिएको र अनावश्यक तरिकाले पैसा काटेको कामदारहरुको आरोप छ ।
सो कम्पनीले रबरको पञ्जा उत्पादन गर्ने काम गर्दछ।