समाचार सिनेजगत

बलिउड लाइ फेरी अर्को झड्का, ऋषि कपुर रहेनन्

हिजो मात्रै एक प्रतिभाशाली कलाकार इरफान गुमाएको बलिउडले आज फेरी बहुप्रतिभाशाली कलाकार ऋषि कपुर गुमाएको छ ।

बलिउका चर्चित एवम् बहुप्रतिभाशाली अभिनेता ऋषि कपुरको आज निधन भएको छ , ६७ वर्षीय अभिनेता ऋषि कपुरको आज बिहान ८ः४५ बजे निधन भएको हो ।


ऋषि क्यान्सरबाट पिडित थिए । उनी २०१८ मा क्यान्सरको उपचारका लागि न्यूयोर्क पुगेका थिए । करिब एक वर्षको उपचार पछि २०१९को सेप्टेम्बरमा भारत फर्केका थिए ।

हिजो उनको स्वास्थ्य स्थिती खराब भएपछि मुम्बईको एचएन रिलायन्स फÞाउन्डेशन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको निधन भयो ।


अस्पताल भर्ना गरिएपछि उनका दाजु रणधीर कपुरले ऋषिलाई स्वासप्रश्वासमा समस्या भएकोले उनलाई अस्पताल भर्ना गरिएको बताएको बीबीसीले जनाएको छ ।

गत फब्रुअरीमा पनि ऋषि कपूरलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो ।

ऋषि कपूर बलिउडका दिग्गज मानिएका अभिनेता राज कपूरका माइलो छोरा हुन् , षिले सन् १९७३ मा बबी फिल्मबाट नायकको रुपमा फिल्मी करिअरको शुरुवात गरेका थिए । तर यसभन्दा अघि नै १९५५ मा रिलिज भएको श्री ४२० र १९७० को फिल्म मेरा नाम जोकरमा उनले बाल कलाकारको रुपमा अभिनय गरिसकेका थिए ।

सन् २०१९ मा रिलिज भएको ‘द बडि’ फिल्म ऋषि कपूरको पछिल्लो रिलिज फिल्म हो । साथै उनले दीपिका पादुकोणसँग हलीवुड फिÞल्म द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने घोषणा पनि सामाजिक संजालमार्फत गरेका थिए । अन्तिम समयसम्म पनि अभिनयमा सक्रिय रहेका ऋषि कपुर पछिल्लो समय हितेश भाटियाको चलचित्र शर्माजी नमकिनको सुटिङमा व्यस्त थिए ।

हिन्दी चलचित्र कर्जलाई ऋषिको माइलस्टोन फिल्मको रुपमा लिइन्छ भने हम किसीसे कम नहिँ, अमर अकबर एन्थोनी, लैला मजनु, सरगम, ये वादा रहा, कुली, तवायफ, चाँदनी, दिवाना लगायतका थुप्र्रै फिल्महरु चर्चित छन् । उनले आफ्नो फिल्मी करिअरमा एउटै मात्र फिल्म निर्देशन गरे । उनले निर्देशन गरेको चलचित्र ‘आ अब लौट चलें’ सन् १९९९ मा रिलिज भएको थियो ।

समाचार सिनेजगत हाईलाईट

नयाँ वर्षकाे उपलक्ष्यमा नेपालभाषाकाे नयाँ गीत ‘छन्त जिगु माया मदुला’ सार्वजनिक

नव बर्ष २०७७को उपलक्षमा नेपाल भाषाको म्युजिक भिडियो ‘छन्त जिगु माया मदुला’  अर्थात तिमीलाइ मेरो माया लाग्दैन गीत सार्वजनिक गरिएको छ । धर्म महर्जनको कर्णप्रिय आवाजमा रहेको यस गीतलाइ ईलोहं प्रकाशनले आफ्नो युट्युब च्यानलबाट प्रिमियर गरेको थियो । यस गीतमा किशोर चिपालु, रविना तुलाधर र विपश्यना शाक्यको अभिनय रहेको छ ।

राजन शाहीको निर्देशनमा तयार गरिएको सो गीत निकै मामिक छ । यस गीतको छायाँकन तथा सम्पादन मनोजरत्न शाहीले गरेका छन ।

जीवित जल्मीको संगीत संयोजन रहेको यस गीतमा नेवारभासाको लोक लय् छ । यस गीतलाइ मेलोडी स्टुडियोका सुरेन्द्र श्रेष्ठले रेकर्ड गरेका हुन । गीत पेजथ्री पाक्षिक पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले लेखेका हुन ।

समाचार सिनेजगत हाईलाईट

जुगलको गीति संग्रह ‘सिरपा’ सार्वजनिक

‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको गीतिसंग्रह ‘सिरपा’ सार्वजनिक भएको छ । आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा (अर्थात पुरस्कार) मा संगीतकार जूगल डंगोलद्वारा संगीतवद्ध गीतहरु संग्रहित छन् ।

नेपालभाषा संगीत क्षेत्रमा अद्धितीय उदाहरणका रुपमा लिइएको सुरजवीर बज्राचार्यको शब्द र स्वरमा जूगल डंगोलले संगीत संयोजन गरेको जन्मदिनको शुभकामना गीत ‘बुदिंया भिंतुना’को कभर प्रतिस्पर्धामा १२१ प्रतिस्पर्धीले भाग लिएका थिए । प्रतियोगिता पेजथ्री बाःछिपौ (पाक्षिक) को आयोजनामा भएको थियो ।

‘सिरपा’ गीति संग्रहमा सुरजवीरकै शब्दमा सर्वोत्कृष्ट गायक उत्तम महर्जनको ‘मफुत म्वाय् थ्व जीवन’, दर्शनवीर शाक्यको शब्द र मुकेश शाक्यको स्वरमा ‘छंगु हे खँ ला खः’ प्रकाश दीप श्रेष्ठको शब्द र सुमन मानन्धरको स्वरमा ‘भुतुमाली ब्वःथें’, पूर्णकाजी ज्यापुको शब्द र रविन्सन कसाःको स्वरमा ‘बांलाबांलाचिंगु मिखा’ हरिराम महर्जन थेचोको शब्द र परमेश मल्लको स्वरमा सिरिसिरि वसन्तया फसय्’ गीत रहेको छ ।

पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित समारोहमा वरिष्ठ गायक जुजुकाजी रंजित, जनसंगीत श्रष्टा अमरराज शर्मा, इलोहं प्रकाशनका प्रवन्ध निर्देशक नरेशवीर शाक्य, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, संगीतकार जूगल डंगोल, गीति संग्रह प्रायोजक आर्टोम्यूज रेकर्डिङ स्टुडियोका प्रवन्ध निर्देशक केञ्जुमा सुब्बा, चेज टेलिभिजनका उत्पादक गोल्मा कम्पनीका प्रमुख सुरेश मल्ल, हिरण्यवर्ण महाविहारका आःजु चित्रवीर बज्राचार्य, नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष सुरेश प्रधानले उक्त संग्रह सार्वजनिक गरिएको हो । कार्यक्रम संयोजक दर्शनवीर शाक्यले स्वागत गरेको उक्त समारोहमा अधिकांश वक्ताहरुले बुदिंया भिंतुना गीत सृजनाले समाजलाई नै उत्साहित बनाएको भन्दै प्रतिस्पर्धाले राम्रा कलाकारहरु आगमनलाई सहज बनाएको उल्लेख गरे भने ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष एवं लोकप्रिय गीतकार निर्मलरत्न शाक्यले उत्कृष्ट ५ गायकलाई समेटेर एउटा गीति संग्रह आफूले पनि तयार पार्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा उत्कृष्ट गायकहरुले ‘सिरपा’मा संग्रहित गीतहरु प्रस्तुति समेत गरेका थिए ।

सिनेजगत हाईलाईट

बाैद्ध कथामा आधारित चलचित्र घाेषक अन्तिम चरणमा

नेपालभाषाकाे नयाँ चलचित्र घाेषककाे अन्तिम तयारी हुँदैछ । सुटिंग समापन पश्चात डबिंगकाे काम धमाधम भइरहेकाे चलचित्रका निर्देशक अमृत चन्द्र श्रेष्ठले बताउनुभयाे । बुद्धकालिन पारिवारिक विषयवस्तुमा आधारित घाेषक छिट्टै दर्शक माझ आउने निर्माता प्रेमा शाक्यकाे भनाइ रहेकाे छ । धर्मरत्न शाक्यकाे कथा तथा दर्शनवीर शाक्यकाे गीत रहेकाे यस चलचित्रमा किशाेर चिपालु र अञ्जली शाक्यकाे मुख्य भुमिका रहेकाेछ । चिपालु यस चलचित्रमा मुख्य पात्र घाेषककाे रुपमा देखिनेछन् । अञ्जलीकाे भने याे पहिलाे चलचित्र हाे ।

समाचार सिनेजगत हाईलाईट

नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डकाे टपटेनलाइ प्रमाणपत्र

नेपालभाषामा पहिलाे पटक हुन लागेकाे अवार्ड नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डकाे मनाेनयनमा पर्न सफल कलाकारलाइ प्रमाण पत्र दिइएकाे छ । सर्वाधिक बिधामा पुरस्कार दिइने अवार्डको २१ विधाको टप–टेन घाेषणा साथै प्रमाण–पत्र र मेडल दिने कार्य शुक्रवार भएको छ ।

ललितपुरको बेखाज पार्टी भेन्युमा आयोजित एक कार्यक्रममा २ सय १० जना कलाकर्मीहरुलाइ प्रमाण–पत्र तथा मेडल प्रदान गरिएको थियाे ।

५७ वटा नेपालभाषाका म्युजिक भिडियो समावेश गरिएकाे अवार्डमा टप–टेन मनाेनयन सार्वजनिक गरिएकाे आयाेजक
संसार क्रियसनका प्रमुख स्वतन्त्र संसार महर्जनले जानकारी गराउनु भयाे ।

समाचार सिनेजगत हाईलाईट

मेलिना राईको तिमीसँगै गीत सार्वजनिक

भगवानको सुन्दर सृजना मान्छे भनिन्छ अनि त्यसपछि जगतमा जे छ त्यो सबै मान्छेहरूलाई सुहाउँदो भगवानले नै सृजना गरेको हामीले जानेका छौं । यसैले त मान्छेहरू भगवानलाई पुज्ने गर्छन् दु:खमा होस् या सुखमा । प्रेम बिना संसार चल्दैन मिलन र बिछोडको खेल चलिरहन्छ अनि नयाँ सृजना हुनेछ भन्नुपर्दा अहिले भर्खरै एउटा नयाँ गीत सार्वजनिक भएको छ । जुन गीतको रचनाकार नेपाली भाषा साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समय बिताउनु भएका साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन”अमर” को रचनामा गीति एल्बम ”अमर-२” मा रहेको, संगीतकार राम कार्कीको संगीत र एरेन्जमा र देश विदेश हरेक ठाउँमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको सुमधुर स्वरमा ।
”तिमीसँगै जीवन बिताउने मन थियो
एक्लै छोडी त्यो मन आज टाढा भै दियो”
बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त अमर-२ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक हो । ईश्वर फुँयाल, सृष्टि आचार्य आदिको अभिनयमा प्रोडुसर कृष्ण भट्टराईबाट गरेको उक्त गीत कृपा टि भी को युटुब च्यानलमा रहेको छ ।

समाचार सिनेजगत हाईलाईट

‘मिस्टर एण्ड मिस नेवाः नेपाल ११४०’ हुने

मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० यहि पुषकाे ५ गते हुने भएको छ ।
मातृ भाषा नेपालभाषाकाे संरक्षणका लागि याे प्रतियाेगिता हुन लागेकाे आयाेजक हेप्पी इन्टरटेन्मेन्ट एण्ड फेसन हाउसकी सिइओ दीया श्रेष्ठले जानकारी दिनुभयो ।

एकै स्टेजमा पुरुष महिला बीच प्रतियाेगिता हुने यस नाैलाे प्याजेन्टमा बिजेतालाई तीस हजार, फस्ट रनरअपलाई बीसहजार र सेकेन्ड रनरअपलाई दशहजार रुपियाँ पुरस्कार घाेषणा गरिएकाे छ । त्यसमा मिस नेवाः लाइ चाँदीको ताज र मिस्तर नेवाः लाइ चाँदिकाे खुकुरी प्रदान गरिनेछ ।

१६ वर्ष देखि ३० वर्ष उमेर समूहका बिच हुने प्रतियाेगितामा काठमाडौं, ललितपुर र भक्तपुरमा अडिसन हुने श्रेष्ठले जानकारी दिनुभयाे ।

Diya Shrestha
समाचार सिनेजगत

नेपालभाषा स्टार म्युजिक भिडिओ अवार्ड 2019 हुने

नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ काे घाेषणा भएको छ । स्वतन्त्र संसार महर्जनको संसार क्रियशनको आयोजनामा यो अवार्ड हुन लागेको हो। यस अवार्ड कार्यक्रमको फस्ट लूक साथै म्युजिक भिडियो अवार्डमा सहभागिता जनाउनेहरुलाई प्रमाण–पत्र वितरण भएकाे छ । कार्यक्रम प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ फोटो पत्रकार राजभाइ सुवाल, ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको विशेष आतिथ्यता रहेको थियो। अवार्ड कार्यक्रम मंसीर महिनामा हुने भएको छ।

सिनेजगत

यी हुन् विश्वकै धेरै कमाउने अभिनेत्री, कति आम्दानी ?

एजेन्सी– एकजना अभिनेत्रीको बार्षिक आम्दानी कति होला ? तपाईंलाई अनुमान लगाउन कठिन हुनसक्छ । अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सनले सन् २०१९ मा पाँच करोड ६० लाख डलर कमाएकी छन् ।

अमेरिकी व्यावसायीक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् ।

पत्रिकाका अनुसार, उनले सन् २०१८ को तुलनामा यस वर्ष एक करोड ५५ लाख डलर धेरै कमाएकी छन् । सर्वाधिक कमाउने सूचीको दोस्रो स्थानमा भने सोफिया भेरा छिन् । समीक्षा अवधिमा उनले चार करोड ४१ लाख डलर कमाएकी छन् ।

सूचीको तेस्रो र चौथो स्थानमा भने क्रमशः रेसी विथप्न र निकोल किडम्यान छन् । पत्रिकाकाअनुसार विगत एक वर्षमा यी दुई नायिकाले क्रमशः तीन करोड ५० लाख डलर र तीन करोड ४० लाख डलर कमाएका छन् ।

सिनेजगत

सनी लियोनलाई लिड रोलमा लिएर नयाँ फिल्म बन्ने, लण्डनमा शूटिङ हुने

काठमाडौं – चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतमा आइटम नृत्य गरेर चर्चामा रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई शीर्ष भूमिकामा अनुबन्ध गरेर नयाँ फिल्म निर्माण गरिने भएको छ । ‘पासवर्ड’ का निर्मातामध्येका एक अमीत बस्नेतले सनीलाई शीर्ष भूमिकामा लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरे ।

बिहीबार राजधानीमा भएको प्रिमियर शोको कार्यक्रममा बोल्ने क्रममा उनले ‘ब्रेकिङ न्यूज’ भन्दै अर्को चलचित्रमा सनी लियोनीको शीर्ष भूमिका रहने बताए । ‘तपाईंहरुका लागि एउटा ब्रेकिङ समाचार छ, हामीले अर्को चलचित्रमा सनी लियोनीलाई लिड रोलमा लिएर चलचित्र निर्माण गर्नेछौँ, उक्त चलचित्रको पूरै छायांकन लण्डनमा हुनेछ,’ उनले भने ।

यता सनीले पनि आफू नेपाली चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको बताउँदै आएकी छिन् । उनले चलचित्र ‘पासवर्ड’ को गीतमा आफूले आइटम डान्स गर्न पाउँदा खुशी लागेको र नेपाल आफ्नो मन पर्ने देश भएको बताइन् ।

प्रिमियर शोमा भारतबाट आएकी सनी नै मुख्य आकर्षण बनेकी थिइन् ।

यद्यपि प्रिमियरमै अर्को प्रोजेक्टको घोषणा गरिए पनि यो चलचित्र बन्नेमा भने शंका गरिएको छ । यता चलचित्र ‘पासवर्ड’ ले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । धेरैले चलचित्रको कथा चित्तबुझ्दो नभएको र सम्पादन पनि राम्रोसँग नगरिएको प्रतिक्रिया दिएका छन् ।