सिनेजगत

बच्चामा नाचिरहेको गीतमा नाच्न पाएँ: साम्राज्ञी

काठमाडौं – प्राय: हट अवतारमा देखिने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह शुक्रबार चलचित्र ‘रातो टीका निधारमा’ को गीत रिलिज कार्यक्रममा सारीमा सजिएर उपस्थित भइन् । सारीमा आफूलाई सुहाएझैं लागे पनि उनी सारी लगाएर हिँड्न भने असहज मान्छिन् ।

चलचित्रको शीर्ष गीतमा निर्देशक अशोक शर्माका छोरा अकिंत खड्कासँग कम्मर मर्काएकी साम्राज्ञीले शुक्रबार कार्यक्रममा बोल्दै आफू परम्परागत गीतमा नाच्न पाउँदा रमाइलो लागेको बताइन् । कार्यक्रममा बोल्दै साम्राज्ञीले यो गीतमा आफू नाच्दा सानोमा नाचेझैँ गरी अहिले पनि नाचेको धारणा राखिन् ।

‘रातो टीका भन्दै बच्चामा नाच्थेँ, बच्चामा मन परेको गीतमा आफै नाच्न पाउँदा खुशी लाग्यो,’ साम्राज्ञीले भनिन् । सानोमा परिवारका साथ गीतमा नाचेझैँ गरी आफू नाचेको उनको भनाइ थियो ।

‘रातो टीका निधारमा’ लाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा नीता ढुंगाना, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, शिवहरि पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

साथै यो चलचित्र दशैँको अवसर पारेर आउँदो मंसिर १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सिनेजगत

मलाइकाको हट तस्बिरले मच्चायो हंगामा

एजेन्सी । बलिउड कलाकार मलाइका अरोडाको हट तस्बिरले अक्सर हंगामा मच्चाउँदै आएको छ । समय समयमा उनले सार्वजनिक गर्ने आफ्ना हट तस्बिरका कारण फ्यानहरुलाई हायलकायल पार्दै आएकी छिन् ।

हालै मलाइकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो यस्तै हट तस्बिर सार्वजनिक गरेकी छन् । उक्र तस्बिरको व्यापक चर्चा भइरहेको छ ।

मलाइकाले एउटा टपलेस फोटो आफ्नो इन्स्टाग्राममा राखेकी छिन् । जुन अहिले भाइरल भइरहेको छ । त्यस्तै उनले सनबाथ लिइरहेको तस्बिरको पनि चर्चा भइरहको छ ।

सिनेजगत

सुमन रावलाई ‘मिस इन्डिया’को उपाधि

एजेन्सी । भारत राजस्थानकी २० वर्षीय सुमन रावले मिस भारतको उपाधि जितेकी छन् । बिहान सम्पन्न फाइनल राउण्डमा उनी सन् २०१९ को मिस वल्र्ड भारतको उपाधि जित्न सफल भइन । उनको जन्म २३ नोभेम्बर सन् १९९८मा भएको थियो ।

सुमनले गएको अप्रिल महिनामा मात्र फिनिसा मिस इन्डिया राजस्थान सन् २०१९ को उपाधि जित्न सफल भएकी थिइन । उनले डिसेम्बरमा थाइल्याण्डमा हुने मिस वल्र्ड सन् २०१९मा भारतको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् ।

सिनेजगत

दिशा र टाइगरको ब्रेकअप

एजेन्सी । अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफको तीन वर्ष पुरानो रिलेसनसिप टुंगिएको छ । पटानी र टाइगर फिल्म ‘बागी’को की सुटिङको बेला नजिकिएका थिए । त्यसपछि सँगै जिम जान सुरु गरेका थिए । ती दुवै केही साता अघिसम्म रेस्टुरेन्टमा डिनरमा देखिएका थिए ।

उनीहरूको रिलेसनसिप ब्रेक भए मित्रता कायमै रहने बताइएको छ । उनीहरूको ब्रेकअपमा आदित्य ठाकरेको नाम जोडिएको छ । खबरअनुसार ठाकरे र दिशा पटानी केही दिनयता नजिकिएका थिए । पटानी र ठाकरेको संयुक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पटानी सन् २०१३ मा इन्दौरमा ‘फेमिना मिस इन्डिया’ को उपविजेता पनि भएकी थिइन् । उनले ‘एमएस धोनी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्ममै उनले आफ्नो अभिनयको जादुले दर्शकको मनमा छाउन सफल भएकी थिइन् ।

सिनेजगत

शम्भु राई र प्रकाश सपुतबीच सहमति

काठमाडौं । गायक प्रकाश सपुतले ‘गलबन्दी’ बोलको गीत सार्वजनिक गरेपछि अर्का गायक शम्भु राईले उक्त गीतको भाका आफूले पहिल्यै गाएको गीतसँग मिलेको भन्दै असन्तुष्टि जनाए ।

गायक राईले असन्तुष्टि मात्रै जनाएनन्, सपुतविरुद्ध कानुनी बाटो पनि अंगाले । यी दुई गायकबीचको विवादले समाज नै विभाजित भयो । त्यस्तै संसदमा पनि यो विषयले प्रवेश पायो । सांसदहरुले संघीय संसदमा यो विषयलाई प्रवेश गराए ।

तर, अहिले आएर यी दुई गायकबीच सहमति भएको छ । दुई गायकबीच बुधबार सहमति भएको हो । त्यसका लागि सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाले समन्वय गरेका थिए ।

सहमतिपश्चात गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राईको हुने भएको छ । त्यस्तै गरी पुनः संगीत सिर्जना भने प्रकाश सपुतको हुने गरी सहमति भएको छ । अर्थात् उत्त गीतमा अब राई र सपुत दुवैको नाम समावेश हुनेछ ।

तर, उक्त गीतले प्राप्त गर्ने आर्थिक लाभ भने राईले नपाउने भएका छन् । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने भनिएको छ ।

सिनेजगत

नायिका सुहाना थापाले सञ्चारकर्मी र फ्यानसँग केक काटेर मनाइन्

काठमाडौं। वैशाख २६ ( मे ८ ) गते जन्मिएकी नायिका सुहाना थापाले बुधबार आफ्नो जन्मदिन सञ्चारकर्मी र फ्यानसँग केक काटेर मनाएकी छिन् । उनको जन्मदिनको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ३’को सफलता पार्टी पनि आयोजना गरिएको थियो । कार्यक्रममा नायक अनमोल केसी, सलोन बस्नेत , निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक भूवन केसी, निर्माता माधव वाग्ले लगायतको उपस्थित थिए ।

उनको फिल्म ‘ए मेरो हजुर ३’अहिले २६ औं दिनमा हलहरुमा चलिरहेको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर आफुले पाएको माया र शुभकामनाका लागी धन्यवाद दिएकी थिइन् र ‘ए मेरो हजुर ३’को टिमसँग आफू जोडिन पाउँदा अत्यन्तै खुशी भएको तथा धेरै कुरा सिक्न पाएको बताएकी थिइन् ।