समाचार हाईलाईट

मेयर बालेन शाहले गरे विद्यालय अवलाेकन

काठमाडौं।हरेक शुक्रवार पुस्तक रहित दिनको रुपमा हुँदै गरेको विद्यार्थी हरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत सीप मुलक तालिम भैरहदा आज काठमाडौं महनगर पालिका वार्ड न. १७ र २५ मा अवस्थित कन्या मन्दिर माध्यमिक बिद्यालयमा भइ रहेको सीप मुलक तालिमको निरीक्षन तथा अवलोकन काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह्द्वारा गरिएको छ।

१७ वडाका अध्यक्ष तथा महानगर पालिकाका प्रबक्ता नवीन मानन्धर तथा २५ वडाका अध्यक्ष राजेस डङोल सहित निरीक्षन टोलिमा रहेको अवलोकनमा उक्त बिद्यालयका प्राध्यापक तथा प्रशिक्षणसङ तालिमका बारेमा जानकारी मेयर शाहले लिनुभएको हो।

मेयर शाहकाे उपस्थितिले बिद्यार्थोको थप उर्जा तथा हौसला बढेको बिद्यार्थिहरुले गरेको स्वागतवाट प्रष्ट देखिन्छ।

समाचार हाईलाईट

नेकपा नेता तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठलाई पितृ शोक

काठमाडौँ। नेकपा नेता तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवन राम श्रेष्ठलाइ पितृ शोक परेको छ ।

उहाको पिता कृष्ण राम श्रेष्ठको ९३ बर्षको उमेरमा आज निधन भएको हो।

स्वर्गीय कृष्ण राम श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

समाचार हाईलाईट

वर्तमान श्री भैरब रुजन शाक्यलाई अबकास

काठमाडौँ।२०६५ सालमा श्रीभैरब स्थापना गरिएका वर्तमान श्री भैरब रुजन शाक्यलाई आज एक विशेष पूजा आजा सहित अबकास गरियो ।

तलेजु भवानीका मूल पूजारी उद्धव मान कर्माचार्य तथा पुजारी प्रफुल्ल बिक्रम ध्वज जोशी  श्री भैरबको निवासस्थानमा पुगि विशेष पूजाआजा गरी र सगुन दिई वहाँलाई विदाई गरि कस्नब शाक्यलाई बर्तमानश्री भैरब रूपमा प्रतिस्थापन गरिएको हो।

समाचार हाईलाईट

वर्तमान श्री गणेश सम्वेग शाक्यलाई विदाई

काठमाडौँ।२०६७ सालमा श्री गणेशमा स्थापना गरिएका वर्तमान श्री गणेश सम्वेग शाक्यलाई आज एक विशेष पूजा आजा सहित विदाई गरियो ।

तलेजु भवानीका मूल पूजारी उद्धव मान कर्माचार्यद्वारा श्री गणेशको निवासस्थानमा पुगि विशेष पूजाआजा गरी र सगुन दिई वहाँलाई विदाई गरिएको हो ।रोदिन मान शाक्यलाई बर्तमान श्री गणेश रूपमा प्रतिस्थापन गरिएको हो।

श्री गणेशको एकमान शाक्य र सत्यदेवी शाक्यका नाति हुनुहुन्छ भने दिनेशमान शाक्य र रोजि शाक्यका सुपुत्र हुनुहुन्छ ।

समाचार हाईलाईट

जिवित देव श्री भैरब भोलि पौष ४ गते फेरिने

काठमाडौँ। जिवित देव श्री भैरबको ममा भैरबको अनुसार भोलि पौष ४ गते

बिहान ८ बजेको शुभ साइतमा फेरिने भएको छ।

समाचार हाईलाईट

पूर्व १८ वडा अध्यक्ष चंद्रनन्द नेवा: सम्मानित

काठमाडौँ। आज काठमाडौँ महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य बाट १८ वडाका पूर्व अध्यक्ष चंद्रानन्द नेवा:लाइ उहाकै निवासमा सम्मान गरेको छ।


लामो अवधिसम्म धेरै पटक उहा १८ वडाबाट निर्वाचित भइ जनताको सेवा गरेकोले कदर स्वरूप उहालाई यो बर्ष महानगर दिवसको अवसरमा यहि बर्षको स्व जनकलाल श्रेष्ठ स्वशासन पुरस्कार मेयर शाक्य द्वारा हस्तान्तर गरिएको छ।


नेवा:गत केहि समयदेखि अस्वस्थ रहनु भएकोले आज मेयर शाक्य स्वयम उहाको निवास म्हेपीमा पुगी नगद राशि एक लाख तथा सम्मान पत्र हस्तान्तरण गरिएको हो।
नेवा: पहिलो पटक २०१९ सालको स्थानिय निर्वाचित वडा सदस्य भएको थियो भने २०३२ साल पछि कार्यबाहक प्रधानपंच समेत रहनु भएको थियो।


पूर्व १८ वडा अध्यक्ष चन्द्रानन्द नेवा:को शिघ्र स्वास्थ्य लाभको कामना तथा उहा स्वशासन पुरस्कारद्वारा महानगर पालिकाबाट सम्मानित हुनु भएकोमा हार्दिक शुभकामना।।।
शुभ अभियान मिडिया

समाचार हाईलाईट

राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक प्रतिस्थापन

काठमाडौँ । आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा छन् ।

नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । साख्वाःको सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।

नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो । उनलाई प्रजातान्त्रिक आन्दाेलका नेताका रुपमा पनि चिनिन्छ । देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता वैभव व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।

यस अघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ । महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो ।

धर्मभक्तकाे पुर्ख्याैली टाेल झाेँछेमा पनि महानगरपालिकाले उनकाे सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेकाे छ । आज सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गर्नभयाे । शालिकमा मन्त्री श्रेष्ठलगायतले माल्यार्पण गर्नुभयाे ।

करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गर्नुभएका ती दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गर्नुभयो । ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ ।

वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’ उहाँहरु दुबै ईतिहास पुरुष भएको पनि स्मरण गराउनुभयाे ।

उहाँले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घाेषणा गरी त्यसकै रुपमा स्थापित गराउनु ठुलाे कुरा भएको बताउनुभयाे । त्यसैगरी नेपाल सम्वतलाई राष्ट्रिय सम्मतका रुपमा स्थापित गराउने कुराम कसैकाे विमति नरहने पनि स्मरण गराउनुभयाे । उहाँले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका विभुति घाेषणा गरेकाे भन्दै उहाँको पनि स्मरण गर्नुभयाे । वामपन्थी आन्दाेलका अगवा तुलाधर र प्रजातान्त्रिक आन्दाेलनका अगुवा गणेशमा सिंहकाे विचमा शंखधरकाे शालिक निर्माण हुनु इतिहासकाे सम्मान हाे, उहाँले भन्नुभयाे । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिनुभयो । ‘उहाँहरुकाे याेगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनाैँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा छन्, उहाँले भन्नुभयाे, ‘हामीले उहाँहरुकाे सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छाैँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छाैँ ।

उहाँले काठमाडौंका नेवार मात्रै हाेइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छाैँ ।’ वागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाललले पनि सम्वाेधन गर्नभएकाे थियाे । सहरी विकास राज्यमन्त्री रामविर मानन्ध पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरि शालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकाेमा खुशी व्यक्त गर्नु भाे । कार्यक्रममा पद्मरत्नकी छाेरी सुम्निमा तुलाधरले पिताजीकाे सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताउनुभयाे ।

समाचार हाईलाईट

महानगरपालिका क्षेत्रभित्र जथाभावी पार्किङमा कडाई, एकै दिन ३० मोटरसाईकल र स्कुटर कारबाहीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।

काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेका हुन् । ‘कोभिड–१९ कारण लकडाउनसँगै हामीले ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगन गरेका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले भन्नुभयो, ‘लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको अवस्था छ ।

यस्तो बेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ हामीले आजबाट यो अभियान सुरु गरेका हौँ ।’ प्रहरी वरिष्ठ उपरीक्षक ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भिडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताउनुभयो ।

उहाँले काठमाडौ महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरिसकेको समेत जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपती सापकोटाले आज मात्रै ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा पार्किङ गरेर राखिएका ३० ओटा मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको जानकारी दिनुभयो । ‘हामीले आजबाट दुई ओटा टीम परिचालन गरेका छौँ,’ सापकोटाले भन्नुभयो, ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई हामीले उठाएर कारवाही सुरु गरेका छौँ ।

यो अभियान निरन्तर चल्छ ।’ उनीहरुलाई कागजपत्र हेरेर १ हजार जरिवना तिराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो । ‘लकडाउनसँगै बन्द भएको अभियान आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सुरुवात भएको भएको छ,’ सापकोटाले भन्नुभयो ।